पुलिस क्लबद्धारा पूर्वाञ्चल विकास क्षेत्र नौ विकेटले पराजित


प्रकाशित मिति : जेष्ठ १२, २०७४ शुक्रबार

एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत हिजोको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चल ३७ दशमलव एक ओभरमा १ सय ४ रन बनाउदै अलआउट भयो । एक सय ५ रनको विजय लक्ष्य पुलिस क्लबले १७ दशमलव एक ओभरमा एक विकेट गुमाउदै भेट्टायो । पुलिसका लागि सुनिल धमालाले अर्धसतक प्रहार गरे । उनले ४९ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ५२ रन बनाए । त्यस्तै दीलिप नाथले ३६ तथा अमित श्रेष्ठले सात रन जोडे । बलिङतर्फ पूर्वाञ्चलका सिद्वान्त लोहनीले तीन विकेट लिए । त्यसैगरी ललित भण्डारी र सुशील क“डेलले समान दुई–दुई विकेट लिए भने कुशल भुर्तेल र मन्जीत श्रेष्ठले एक–एक विकेट लिए । त्यसअघि पूर्वाञ्चलका लागि मेहबुब आलमले ४० तथा अमल दासले १३ रन बनाए । हिजोको खेलका उत्कष्ट खेलाडी पुलिस क्लबका सुनिल धमाला घोषित भए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com