रेणु र देवीको तिव्र प्रतिस्पर्धा, अन्तिम चरणको मतपरिणाम सुन्न आतुर


प्रकाशित मिति : जेष्ठ १२, २०७४ शुक्रबार

चितवन १२ जेठ । बैशाख ३१ गतेदेखि शूरु भएको मतगणनाले कतिलाई मतपरिणाम कैले सकिन्छ भनेर हैरान पारेको छ, यो कछुवागतिको मतगणनाले ।
पहिलो चरणको स्थानीय निर्वाचनको मतणना परिणामा सबै आउन आज सम्म आईपुग्दा अन्तिम चरणमा छ ।

चार महानगरपालिका मध्येमा ललितपुुर, आज पोखरा महानगरपालिकाको मतपरिणाम सकिएका छ ।

यसैबीच चार महानगरपालिकामध्येमा सबैको चासो रहेको चितवनको भरतपुर महानगरपालिकाको मतपरिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ ।

एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मदेवार रेणु दाहालवीचको मतान्तर हिजो सम्म आउँदा मतपरिणाम साँघुरिन थालेको थियो । भने आज शुक्रबार अपरान्ह यो समाचार तयार पार्दा सम्म एमालेबाट देवी ज्ञवालीको मतपरिणाम ३३ हजार ९सय ४७ रहेको छ भने
माओवादीबाट रेणु दाहालको ३२ हजार ४ सय ७४ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com