चट्याङ लागेर एकको मृत्यु


प्रकाशित मिति : जेष्ठ १२, २०७४ शुक्रबार

राजविराज, १२ जेठ । अविरल वर्षासँगै चट्याङ पर्दा सप्तरीमा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–४ बस्ने ४० वर्षीय सुरेन मुखिया रहेको इलाका प्रहरी कार्यालय, हनुमाननगरले जनाएको छ ।

उनलाई घर नजिकै रहेको मकैबारीमा मकै हेर्न जाँदा चट्याङ लागेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com