पोखरा महानगरमा विवाद कायमै, तीन महानगरमा कस्को मत कति [अपडेट]


प्रकाशित मिति : जेष्ठ ८, २०७४ सोमबार

निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिकाको रोकिएको मतगणना अघि बढाउन आइतबार निर्देशन दिए पनि दलहरूबीच सहमति नहुँदा अझैसम्म मतगणना कार्य सुरु हुन सकेको छैन ।

मतगणनाका क्रममा शनिबार पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तिक छापको आकार ठूलो भएको भेटिएपछि विवादका कारण रोकिएको मतगणना सुचारु गर्न आइतबार विभिन्न चरणमा सर्वदलीय बैठक राखिए पनि दलहरूबीच सहमति नजुटेको हो ।

सर्वदलीय बैठकमा मतगणना सुचारु गर्ने सम्बन्धमा सहमति नजुटेपछि स्वस्तिक छापको प्रयोग सम्बन्धमा आवश्यक निर्णयका लागि निर्वाचन आयोगमा आइतबार पत्राचार गरिएको थियो ।

आयोगले आइतबार साँझ ५।३० बजे जवाफ पठाउँदै मतगणना सुचारु गर्न निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार साँझ पुनः सर्वदलीय बैठक राखे पनि दलहरूबीच सहमति जुट्न नसकेका कारण मतगणना सुरु हुन नसकेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

मतगणना जारी तीन महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार काठमाडौं, भरतपुर र ललितपुरको मतपरिणाम :

काठमाडौं
राजुराज जोशी २०३६८
बिद्यासुन्दर शाक्य २९१२९
रञ्जु दर्शना ११२५७
ललितपुर
चिरीबाबु महर्जन १९५८३
हरिकृष्ण व्यञ्जनकार १७६४८
रमेश महर्जन ११९०९

भरतपुर
देवी ज्ञवाली २१८१७
रेणु दाहाल १९५५४
ब्रद्री तिमल्सिना १४३४
पोखरा
रामजी कुँवर १८४३५
मानबहादुर जिसी २०४७९
गीता गुरूङ ७५१

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com