जुस सर्किएर बालकको मृत्यु


प्रकाशित मिति : जेष्ठ ७, २०७४ आईतबार

झापाको शिवसताक्षी नगरपालिकामा जुस सर्किएर एक बालकको मृत्यु भएको छ ।

शिवसताक्षी–८ डुरामारीका रुपदोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

शनिबार बेलुका ओरेन्ज जुस पिउँदा सर्किएर सिकिस्त बिरामी भएपछि उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com