एमाले (११३)पच्छ्याउंदै कांग्रेस (१०१)को सतक


प्रकाशित मिति : जेष्ठ ७, २०७४ आईतबार

पहिलो  चरणको २८३ तह मध्ये २६३ तहको मत परिणामा सार्वजनिक हुंदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सबैभन्दा अगाडि देखिएको छ ।

तहगत परिणामअनुसार एमालेले ११३ स्थानमा विजय हासिल गरेको छ भने थप ७ स्थानमा अग्रता लिएको छ । सत्तारुढ दल नेपाली कांग्रेसले १०१ तहमा जित निकाल्दै थप ५ तहमा अग्रता लिएको छ । सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र ४६ तहको विजयमा नै रोकिएको छ भने उसले जित्न सक्नेमा कालिकोटको १ स्थान र भरतपुर चर्को प्रतिस्पर्धामा रहेको छ ।

४ वटा महानगरपालिकाको मतगणना निकै धिमा गतिमा अघि बढेको छ । हिजो सांझदेखि विवाद उत्पन्न भएर पोखरा लेखनाथको मतगणना अझै सुचारु हुन सकेको छैन । त्यहां एमाले उमेदबारले अग्रता लिएका छन् । काठमाडौं र ललितपुरमा भने साझा पार्टी र विवेकशीलकी उमेदबारले उत्साहजनक मत ल्याइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com