अमेरिकामा एसाइलम पेन्डिङ भएका र स्वीकृत भएकाहरुका लागि ५ अध्यागमन सुविधा


प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार

अमेरिकामा एसाइलम पेन्डिङ भएका र स्वीकृत भएकाहरुका लागि ५ प्रकारका अध्यागमन सुविधाहरु उपलब्ध रहेका छन् । त्यसमा पनि एसाइलम पेन्डिङ रहेकाहरुका लागि दुईप्रकारका मुख्य अध्यागमन सुविधाहरु रहेका छन् ।

एसाइलम स्वीकृत भएकाहरुका लागि भाषाकक्षा, नगद सहायता, स्वास्थ्य सहायता, जागिर खोज्न सहयोग लगायतका कैयन सुविधाहरु रहेका छन् । तर यहाँ चर्चा गर्न खोजिएका सुविधाहरु भने अध्यागमन सुविधाहरु हुन् ।

पहिलो सुविधा हो, वर्क परमिट । एसाइलम पेन्डिङ भएको एकबर्षपछि वर्क परमिटको सुविधा लिन सकिन्छ । पूरानो नियम अनुशार १५० दिनपछि वर्क परमिटका लागि आवेदन दिन सकिने भएतापनि ट्रम्पले गतबर्ष यो नियममा परिवर्तन गरेर एकबर्ष बनाएपछि कुर्नुपर्ने अवधि बढेको हो । तर कासा डे मेरिल्याण्ड ९कासा० वा एसाइलम सिकर एड्भोकेसी प्रोजेक्ट ९एएसएपी०को सदस्यता लिएर अहिले पनि १५० दिनपछि नै वर्कपरमिटका लागि आवेदन दिन सकिन्छ ।

कासा वा एएएसपीको सदस्यता कसरी लिने ? थाहा पाउन यहाँ क्लीक गर्नुहोस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै दोश्रो सुविधा हो, एड्भान्स परोल । युएससीआईएसमा एसाइलम पेन्डिङ रहेका व्यक्ति एड्भान्स परोल लिएर अमेरिकाबाहिर यात्रा गर्न सक्छन् । तर अदालतमा एसाइलम पेन्डिङ रहेकाहरु भने एड्भान्स परोल प्राप्त गरेपनि अमेरिकाबाहिर यात्रा गर्न नहुने कानून व्यवसायी ज्यासन जुबोको सुझाव छ ।

एसाइलम पेन्डिङ भएका व्यक्तिले राम्रो मानवीय कारण पेश गर्न नसकेको खण्डमा युएससीआईएसले एड्भान्स परोलको आवेदन अस्वीकार गर्ने गरेको छ । त्यस्तै एड्भान्स परोलमा यात्रा गर्दा आफूलाई जुन देशमा खतरा रहेको भन्दै आवेदन दिइएको हो, त्यही देशको यात्रा गरेको खण्डमा एसाइलम नै अस्वीकृत हुने सम्भावना रहन्छ ।

त्यस्तै एसाइलम स्वीकृत भइसकेका व्यक्तिका लागि तीनप्रकारका अध्यागमन सुविधाहरु रहेका छन् ।

पहिलो, एसाइलम स्वीकृत भएको एकबर्षपछि ग्रिनकार्डका लागि आवेदन दिन सकिन्छ । त्यस्तै ग्रिनकार्ड स्वीकृत भएको मितिले ३ बर्ष ९ महिनापछि अमेरिकी नागरिकताका लागि आवेदन दिन सकिन्छ । तर तपाईको ग्रिनकार्डमा ग्रिनकार्ड स्वीकृत भएको भन्दा एकबर्ष पहिलेकै मिति उल्लेख छ भने तपाईले उक्त मितिबाट ४ बर्ष ९ महिना गणना गरेर अमेरिकी नागरिकताका लागि आवेदन दिनुपर्छ ।

कसरी गणना गर्ने? थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

सामान्यतया एसाइलमबाट प्राप्त ग्रिनकार्डमा जारी मिति ग्रिनकार्ड स्वीकृत भएको दिन नभई त्यो भन्दा एकबर्ष पहिलेको उल्लेख गरिन्छ । ग्रिनकार्डमा एकबर्ष पहिलेको मिति उल्लेख नभई स्वीकृत भएकै दिनको मिति उल्लेख भएको खण्डमा त्यही मितिबाट ३ बर्ष ९ महिना गणना गर्न सकिन्छ । ग्रिनकार्ड स्वीकृत भएपछि तपाईले स्वागत सहितको पत्र प्राप्त गर्नुहुन्छ ।

एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको ३ बर्ष ९ महिना भयो, नागरिकता आवेदन दिनसक्छु ? कानुन व्यवसायी एलन वर्निकका सुझाव ।

दोश्रो, आई ७३० प्रकृया । एसाइलम स्वीकृत भइसकेपछि उक्त व्यक्तिले आफ्ना श्रीमान् वा श्रीमति र २१ बर्ष नपुगेका अविवाहित छोराछोरीहरुलाई अमेरिका ल्याउन सक्छन् । विगतमा एकदमै छिटो हुने यो प्रकृयाका लागि पनि अहिले एकदेखि दुईबर्षसम्म लाग्न थालेको छ । यो प्रकृयाबाट दम्पत्ति वा छोराछोरीहरुलाई अमेरिका ल्याउँदा भिसा नम्बर प्रतिक्षा गर्नु पर्दैन ।

तेश्रो, शरणार्थी ट्राभल डकुमेन्ट । एसाइलम स्वीकृत भइसकेपछि व्यक्तिले अमेरिकाबाहिर यात्रा गर्नु परेमा शरणार्थी ट्राभल डकुमेन्टका लागि आवेदन दिन सक्छन् । अहिले यो डकुमेन्ट पाउन ६ देखि १ बर्षसम्मको अवधि लाग्छ ।

युएससीआईएसले एसाइलम स्वीकृत भएकाहरु वा एसाइलमबाट ग्रिनकार्ड पाएकाहका लागि शरणार्थी ट्राभल डकुमेन्ट जारी गर्छ । यदि कोही व्यक्तिको एसाइलम स्वीकृत भएको छ तर एसाइलबाट ग्रिनकार्ड भइसकेको छैन भने अमेरिकाबाहिर गएर पुन अमेरिका प्रवेशका लागि शरणार्थी ट्राभल डकुमेन्टको आवश्यकता पर्छ । यो डकुमेन्ट अमेरिका छाड्नु अगाडि नै प्राप्त गरेको हुनुपर्छ । अन्यथा अमेरिका पुन प्रवेश गर्नमा रोक लाग्नसक्छ वा देशनिकालाको प्रकृयामा राखिन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com