एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको ३ बर्ष ९ महिना भयो, नागरिकता आवेदन दिनसक्छु ?


प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार

– एलन वर्निक, कानुन व्यवसायी

तपाईले एसाइलमबाट ग्रिनकार्ड स्वीकृत भएको ४ बर्षमा अमेरिकी नागरिकता प्राप्त गर्न सक्नुहुन्छ । अर्थात् तपाईले ४ बर्ष पुग्न ९० दिनभन्दा कम अवधि बाँकी रहँदा झण्डै ३ बर्ष ९ महिना पुगेपछि नागरिकताका लागि आवेदन दिनसक्नुहुन्छ ।

एसाइलीहरुले एसाइलम स्वीकृत भएको १ बर्षपछि ग्रिनकार्ड प्राप्त गर्न सक्छन् । तर नागरिकता प्राप्त गर्ने बेलामा ग्रिनकार्ड स्वीकृत भएको मितिले एकबर्ष अगाडि देखि नै गणना हुन्छ । यसअर्थमा तपाईले ग्रिनकार्ड स्वीकृत भएको ३ बर्ष ९ महिनापछि नागरिकताका लागि आवेदन दिन सक्नुहुनेछ ।

Citizenship

जब युएससीआईएसले एसाइलीका लागि ग्रिनकार्ड जारी गर्छ, तब प्राय स्वीकृत भएकोभन्दा एकबर्ष अगाडिको मिति ग्रिनकार्डका उल्लेख हुन्छ । यदि कहिलेकाँही युएससीआईएसले एकबर्ष अगाडिको मिति नभई ग्रिनकार्ड स्वीकृत भएको मिति ग्रिनकार्डमा उल्लेख गरेको हुन्छ ।

ग्रिनकार्डमा पछाडिको मिति उल्लेख भएको अवस्थामा समेत एसाइलमबाट ग्रिनकार्ड प्राप्त गरेका व्यक्तिलाई ग्रिनकार्ड स्वीकृत भएको मितिले ४ बर्षमा नागरिकताका लागि आवेदन दिने अधिकारमा कुनै असर गर्दैन । त्यस्ता आवेदकले ग्रिनकार्ड स्वीकृत भएको चौथो बार्षिकी आउनुभन्दा तीनमहिना अगाडि नागरिकताका लागि आवेदन दिनसक्छन् ।

शरणार्थीका रुपमा अमेरिका आएकाहरुका सन्दर्भमा युएससीआईएसले ग्रिनकार्ड जारी भएको मितिमा अमेरिका प्रवेश गरेको मिति उल्लेख गर्नुपर्छ । अमेरिका प्रवेश गरेको मितिले उनीहरु ५ बर्षमा नागरिकता आवेदन दिनका लागि योग्य हुन्छन् ।

एलन वर्निक सिटी युनिभर्सिटी अफ न्युयोर्कको सिटिजनसिप नाओ परियोजनाका निर्देशक तथा कानुन व्यवसायी हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com