८८ स्थानमा मतगणना जारी, १९४ स्थानको परिणाम, को अगाडि को पछाडि ?


प्रकाशित मिति : जेष्ठ ४, २०७४ बिहीबार

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी छ । १९४ स्थानको परिणाम आइसकेको छ भने बाँकी ८८ स्थानमा मतगणना भइरहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुशार नेकपा एमाले पहिलो स्थानमा रहेको छ । एमालेले ७८ स्थानमा विजय हासिल गरेको छ भने ३८ स्थानमा अग्रता कायम गरेको छ ।

दोश्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । काँग्रेसले ७२ स्थानमा विजय हासिल गरेको छ भने ३२ स्थानमा अग्रता कायम गरिरहेको छ ।

त्यस्तै माओवादी केन्द्रले ३८ स्थानमा विजय हासिल गरेको छ भने १० स्थानमा अग्रता कायम गरिरहेको छ । अन्य दल र स्वतन्त्रले ६ स्थानमा विजय हासिल गरेका छन् भने ५ स्थानमा अग्रता कायम गरिरहेका छन् ।

फोटो : थाहा खबर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com