३ महिनाभित्र सबै नेपालीले कोरोना विरुद्धको खोप निःशुल्क पाउने : प्रधानमन्त्री ओली


प्रकाशित मिति : माघ १४, २०७७ बुधबार

❒ कोरोना विरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले निःशुल्क पाउने प्रधानमन्त्री ओलीको भनाई

❒ छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको उल्लेख

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले निःशुल्क पाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सबै नेपालीले निःशुल्क खोप पाउने बताएका हुन् ।

यस्तै, उनले कोरोना भाइरस नियन्त्रणमा पालिकाहरुले ठूलो भूमिका निर्वाह गरेको र उनीहरुले देखाएको सक्रियताको जति प्रशंसा गरे पनि नपुग्ने बताएका छन् । प्रमुख प्राथमिकता रहेको भन्दै उनले कोरोना संक्रमण सुरु हुनेबित्तिकै पालिकाहरुले गरेको कामप्रति धन्यवाद व्यक्त गरेका छन् ।

कोरोनाविरुद्धको लडाईलाई जारी राख्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले छोटो तयारीमै नेपालले खोप ल्याउन सफल भएको उल्लेख गरे । उनले खोप उपलब्ध गराएकोमा भारतका प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि धन्यवाद दिएका छन् ।

यो पनि :-

प्रधानमन्त्री ओलीद्वारा नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com