चुनावी परिणाम आउने क्रम जारी : माओवादी पहिलो, काँग्रेस र एमाले दोश्रो


प्रकाशित मिति : जेष्ठ २, २०७४ मंगलबार

पहिलो चरणको स्नानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसै क्रममा माओवादी केन्द्रले काँग्रेस र एमालेलाई उछिनेर सबैभन्दा धेरै स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ । अहिलेसम्म माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, जाजरकोटको शिवालय गाउँपालिका, हुम्लाको ताँजाकोट गाउँपालिका, जुम्लाको गुठिचौर र हिमा गाउँपालिका, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा विजय हासिल गरेको छ । यसरी अहिलेसम्म माओवादी केन्द्रले ७ स्थानमा विजय हासिल गरिसकेको छ ।

त्यस्तै एमालेले ६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ । एमालेले मनाङको नेस्याङ गाउँपालकिा, चामे गाउँपालिका, मुस्ताङको घरपोझाङ गाउँपालिका, डोल्पाको काइके र शे फोक्सुण्डो गाउँपालिका, स्याङजाको फेदीखोला गाउँपालिकामा एमालेले प्रमुख पदमा विजय हासिल गरेको छ ।

त्यस्तै काँग्रेसले पनि ६ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ । काँग्रेसले मनाङको नाशोङ र नारफु गाउँपालिका, मुस्ताङको लोमान्थाङ र थासाङको गाउँपालिका, बाग्लुङको तमानखोला गाउँपालिका र जाजरकोटको कुसे गाउँपालिकामा प्रमुख पदमा विजय हासिल गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com