काँग्रेस २८ स्थानमा, एमाले २६ स्थानमा , माओवादी १४ स्थानमा अगाडि


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

मतगणना भइरहदा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।  २८ स्थानमा काँग्रेस अगाडि देखिएको छ भने  २६ स्थानमा एमाले अगाडि देखिएको छ । माओवादीले १४ स्थानमा अग्रता लिइरहेको जनाइएको छ ।

आइतवार भएको मतदानमा देशभर झण्डै ५० हजार उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । २० बर्षमा भएको स्थानीय तहको चुनावमा मतदाताहरु पनि निकै उत्साहित ढंगले सहभागी भएका थिए । कुल मतदाताहरुमध्ये ७१ प्रतिशत मतदान गरेको निर्वाचनलाई सफल रुपमा हेरिएको छ ।

सबैभन्दा ठूलोमध्येको निर्वाचन क्षेत्र काठमाडौंमा झण्डै १ मिटर लामो मतपत्र रहेको थियो भने ८७८ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।

नेपालमा यसअगाडि सन् १९९७ मा स्थानीय निकायको निर्वाचन भएको थियो । जसको पाँचबर्षे कार्यकाल सन् २००२ मा सकिएको थियो । त्यसपछि नेपालको राजनीतिक अवस्थाका कारण स्थानीय चुनाव हुन सकेको थिएन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com