न्युयोर्कमा ट्रकको ठक्करबाट ज्यान गुमाएका १० बर्षै नेपाली बालकको बार्षिक मितिमा श्रद्धाञ्जली
प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

गत बर्षको जनवरी ७ मा अमेरिकाको न्युयोर्कमा न्युयोर्क सिटीकै फोहोर फ्याक्ने ट्रकले ठक्कर दिंदा ज्यान गुमाएका १० बर्षका नेपाली बालक श्री पन्थीको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ ।
एकबर्षको पुण्यतीथिका अवशरमा गरिएको श्रद्धाञ्जली सभामा स्थानीय अमेरिकन राजनीतिज्ञहरु, नेपाली समुदायका व्यक्तित्व, विद्यालयका शिक्षकहरु लगायतको उपस्थीति रहेको थियो ।

न्युयोर्क क्वीन्सको कोरोना ५७ एभिन्यु र ९७ स्ट्रीटमा गरिएको श्रद्धाञ्जली सभामा श्रीको तस्वीरमा माल्यापर्ण गर्नुका साथै मैनबत्ति प्रज्ववलन गरिएको थियो । उपस्थीतहरुले श्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।
गतबर्ष विहानै स्कुल जाँदै गरेका श्री पन्थी र उनकी आमा मिना पन्थीलाई न्युयोर्क सिटीकै फोहोर फ्याक्ने ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते दुबैजनालाई नजिकैको अस्पतालमा लगियो । तर डाक्टरले श्रीलाई बचाउन सकेनन् । आमा मिना पन्थी झण्डै साढे २ महिना लामो अस्पताल बसाईपछि घरमै रिकभर गरिरहेकी छिन् ।

सन् २००९ को मार्च २१ मा नेपालको वुटवलमा जन्मिएका थिए श्री । झण्डै २ बर्षका श्रीलाई नेपालमा नै छाडेर श्रीका पिता पुरुषोत्तम सन् २०११ म अमेरिका आएका थिए । त्यसको केही समयपछि श्री उनकी आमा मिना र दाई प्राञ्जलका साथमा सन् २०१३ को अक्टोबर ४ मा अमेरिका आएका थिए । त्यतीबेला उनी जम्मा ४ बर्षका थिए ।

सुरुमा ज्याक्सनहाइटको ७६ स्ट्रीटमा प्रि केमा भर्ना भएका श्री प्रिके सकेपछि समर स्कुलमा भर्ना भएका थिए । त्यसपछि उनले क्यु ८६, पीएस १३ मा अध्ययन गरे । पछिल्लो चरणमा उनी फोर्ड ब्रेभ चार्टड स्कुलमा ५ कक्षामा अध्ययरत थिए ।
अमेरिका आउनु अगाडि नै श्रीले नेपालमै हजुरबा र हजुरआमासँग नेपाली अक्षरहरु सिकेका थिए । श्री पुस्तकहरु पढ्न रुचाउँथे । भविश्यमा अन्तरिक्ष वैज्ञानिक बन्न चाहन्थे ।
न्युयोर्कमा ज्यान गुमाएका १० बर्षे बालक श्री पन्थी : एउटा फुल जो फक्रनै पाएनन्