प्लास्टिकमा आन्द्रा बोकेर हिँडेका राईले पाए नयाँ जीवन


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

खर्च अभावमा उपचार नपाएर शरीर बाहिर निस्किएको आन्द्रा प्लास्टिकमा बेरेर हिँडेका मोरङ मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाउनु भएको छ ।

४० वर्षीय राईले उपचारका लागि आवश्यक रकमको अभावमा उपचार गर्न नपाएको विषयलाई राससले समाचार प्रकाशित गरेको थियो । राससले ‘आर्थिक अभावमा प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिँड्न बाध्य’ शीषकको समाचार चैत अन्तिम साता प्रकाशित गरेको थियो । सो समाचार विभिन्न सञ्चार माध्यममा आएपछि नोबेल अस्पतालले राईको निःशुल्क उपचार गरेको हो । एक महिना १३ दिन लगाएर गरिएको उपचार सफल भएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताउनुभयो ।

अल्सर भएर डेढ वर्षअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उहाँको शल्यक्रिया भएको थियो । प्लास्टिकको पोकोमा आफ्नो आन्द्रा बोकेर हिँड्ने राईले उपचार पाएसँगै नयाँ जीवन पाएको बताउनुभयो । तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षीय राईको उपचारका लागि बिपीले शल्यक्रिया गरेपछि छ महिनामा बोलाएको थियो । तर, खर्च अभावले राईले १५ महिनादेखि शरीर बाहिर आन्द्रा लिएर हिँड्न बाध्य हुनुहुन्थो ।

नोबेल अस्पतालका वरिष्ठ जेनेरल सर्जन डाक्टर जेएन भगवतीको टोलीले उक्त उपचार गरेको हो । “लामो समयसम्म उपचार नहुँदा बिरामीको पेटभित्र प्रोल्याप्स (थुपै्र घाउ) भएको थियो,” उपचारमा संलग्न जेनेरल सर्जन डाक्टर सुनित अग्रवालले भन्नुभयो, “बिग्रेको भागको आन्द्रा काटेर फालियो र बिरामीलाई निको बनाइयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com