पर्यटन प्रवद्र्धन गर्न सांस्कृतिक कार्यक्रम


प्रकाशित मिति : बैशाख ३०, २०७४ शनिबार

पर्यटन प्रवद्र्धन गर्नका लागि थारू सास्ंकृतिक कला, भाषा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ राजापुर नगरपालिका–८ सदुवामा बडघर विहिबार अन्तरक्रिया र सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।

बेस संस्था बर्दियाको आयोजनामा भइरहेको उक्त कार्यक्रमका सभापति बडघर भलमन्सा महतवा महासङ्घ बर्दियाका जिल्ला अध्यक्ष रामशाही थारू रहनुभएको कार्यक्रमका प्रमुख अतिथि बेस कार्यवाहक केन्द्रीय सदस्य यज्ञराज चौधरीले स्थानीय थारू जातिका थारू सास्ंकृतिक कला, भाषा संरक्षण र प्रवर्धन के कसरी गर्न सकिन्छ भन्ने विषयमा आफना विचार व्यक्त गर्नु भएको थियो ।

उहाँहरुले थारू समुदायमा परम्परादेखि नै चल्दै आएको बरघर महतवा भलमन्सा प्रथालाई राष्ट्रियस्तरमा पु¥याउन र संस्थागत गर्न आफूहरुले सकेसम्म सहयोग गर्ने, थारू कला, भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा युवालाई जागरुक बनाउने र थारू साँस्कृतिक कलाको राष्ट्रियस्तरसम्म विकास र पहिचान गराउन आफूहरु सधैँ लागिपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा बर्दिया जिल्लाका स्थानीय क्षेत्रमा रहेका थारू जातिका प्रसिद्ध मघौटा नाच, हुर्दुङ्गुवा नाच, झुम्री नाच, सखिया नाच, लट्ठी नाचलगायत थारू सांस्कृतिक नृत्य कला प्रतियोगितामा बर्दिया जिल्लाका १० वटा समूहभन्दा बढी प्रतियोगी समूहको सहभागिता रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुर बर्दियामा विहिबारदेखि तीनदिने निःशुल्क दन्त शिविर पनि सञ्चालन भएको छ ।

शिविरमा दाँतका समस्या भएका बिरामीलाई डा अनिल शाह र गजेन्द्रविक्रम शाहको प्राविधिक टोलीले उपचार सेवा प्रदान गरेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com