आजबाट मतदाता परिचय पत्र वितरण शुरु


प्रकाशित मिति : बैशाख २८, २०७४ बिहीबार

मतदाता परिचय पत्र वितरणको काम आजदेखि सुरु हुँदैछ । आउदो आइतबार हुने चुनावका लागि आजदेखि सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगले परिचयपत्रसंगै मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । मतदान सम्बन्धी अन्यौल हटाउन आयोगले मतदाता परिचयपत्र वितरणसंगै शनिबारसम्म मतदाता शिक्षा पनि दिन लागेको हो । मतदान केन्द्रबाट मत बदर हुन नदिनलाई बाकसमा खसाल्ने तरिका सिकाइने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएको प्रवक्ताले जानकारी दिनुभयो । हरेक मतदाताले सात ठाउ“मा स्वस्तिक छाप लगाउनुपर्ने आयोगले बताएको छ । यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउ“पालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडा अध्यक्ष हुने आयोगले जनाएको छ ।  त्यस्तै चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनुपर्नेछ ।

पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनुपर्नेछ । यसमा मतदाताको इच्छा अनुसार छैटौंमा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एक एक वटा छाप लगाउन पनि सकिने आयोगले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com