‘माओवादी केन्द्र’ काठमाडौँ महानगरको प्रतिवद्धतापत्र : यस्ता छन् योजना


प्रकाशित मिति : बैशाख २३, २०७४ शनिबार

नेकपा(माओवादी केन्द्र)बाट काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सर्वोत्तमदास डङ्गोलले आज आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काठमाडौँमा रहेको अव्यवस्थित सवारी साधनलाई नियमन गरेर ठूला ठूला बस चलाउने आफ्नो एजेन्डा रहेको बताउनुभयो ।

दलीय संयन्त्रको सदस्यको रुपमा आफ्नै पहलमा काठमाडौँ महानगरपालिकाले साझा बस चलाउनका लागि रु दश करोड छुट्ट्याएको जानकारी दिनुहुँदै उहाँले हाल उपत्यकामा ३८ वटा ठूला बस चलेको र त्यसलाई निरन्तर रुपमा अगाडि बढाउने तथा काठमाडौँ उपत्यकामा रहेका साना सवारी साधन व्यवस्थित गरिने कार्यलाई प्राथमिकता दिइने बताउनुभयो ।

कुल ३९ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै प्रमुखका उम्मेदवार डङ्गोलले उज्यालो नेपाल अभियानलाई अगाडि बढाउँदै राजधानीमा विद्युतीय ट्रली बस चलाउने, महानगरका सडक खाल्डाखुल्डीरहित बनाउने, महानगरभित्र निर्माण भएका मापदण्ड विपरितका घरहरुको प्रमाणीकरण गर्ने, अव्यवस्थित सहरीकरण अन्त्य गर्ने र भूउपयोग नीति लागू गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौँ उपत्यकामा जापानी प्रविधिको मेट्रो रेल चलाउन सकिने भन्दै उहाँले एकाध वर्षमा हुननसक्ने हवाई कल्पनाको पक्षमा आफू र आफ्नो पार्टी नरहेको बताउनुभयो ।

महानगरभित्र उचित ढल निकासको प्रबन्ध गर्ने, जमिनमुनीको पानीको उचित प्रयोग गर्दै रिचार्ज गर्ने प्रणालीको विकास गर्ने, फोहोरबाट बिजुली ग्यास निकाल्ने र कम्पोस्ट मल कारखाना स्थापना गरी कृषि क्षेत्रको विकासमा जोड दिने लक्ष्य राखिएको जानकारी दिँदै उहाँले ढलको पानी प्रशोधन गरेर मात्रै नदीमा खसाल्ने प्रणालीको विकास गरिने आफ्नो प्रतिवद्धतापत्रमा उल्लेख गरिएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकालाई पूर्णरुपमा स्मार्ट सिटी बनाउने आफ्नो पार्टीको योजना रहेको छ, डङगोलले भन्नुभयो – महानगरमा एक उच्च प्रविधिको सहरी पुस्तकालय, महानगरमा निःशुल्क वाइफाइको व्यवस्था तथा ज्येष्ठ र गरिबीको रेखामुनी रहेका नागरिकलाई जीविकोपार्जन गर्नसक्ने गरी आजीवन भत्ताको व्यवस्था गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा आम नागरिकलाई सहज एवम् सर्वसुलभ बनाउने, महिला तथा युवालाई स्वरोजगारका लागि अभिप्रेरित गर्ने निःशुल्क तालिम तथा अन्य सीपमूलक प्रविधि हस्तान्तरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

युवालाई पढाइका साथै अल्पकालीन रोजगारीको व्यवस्था गरिने, सहरी स्वयम्सेवक परिचालन गर्ने, काठमाडौँ महानगरलाई अरु नगरसँग जोडेर मेगा सिटी बनाउने, प्रत्येक ६÷६ महिनामा स्थानीय सरकारको मूल्याङ्कन गर्ने र जनताको कठघरामा उभिने प्रणालीको विकास गर्ने तथा अनियन्त्रित फुटपाथ व्यवस्थित गर्ने योजना रहेको डङगोलको भनाइ छ ।

पत्रकार सम्मेलनमा उपप्रमुखका उम्मेदवार सुशीला पौडेलले लोडसेडिङको अन्त्यपछि काठमाडौँमा आफूहरु र आफ्नो पार्टीप्रति जनताको विश्वास बढेको भन्दै नयाँ नेपालको सपना साकार हुने बताउनुभयो ।

यो निर्वाचन विगतको जस्तो स्थानीय निकायको निर्वाचन नभई सिंहदरबारमा रहेको अधिकारलाई जनताको घरआँगनमा पुग्ने भएकाले विशेष महत्वको रहेको उल्लेख गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com