बिपीलाई अपदस्त गरेपछि कालो भन्डा बोक्ने नेताप्रति श्रद्धाञ्जली


प्रकाशित मिति : बैशाख २३, २०७४ शनिबार

नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री मार्सल जुलुम शाक्यको निधनमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

नेपाल विद्यार्थी सङ्घको संस्थापक नेता शाक्यको आज बिहान ८ बजेर ४५ मिनेटमा ७७ वर्षको उमेरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले स्व शाक्यको पार्थीव शरीरमा आज पार्टी कार्यालय सानेपामा पार्टीको झण्डा ओढाई उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

स्व शाक्यको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, केवी गुरुङ, प्रकाशमान सिंह, तीर्थराम ढङ्गोल, भीमसेनदास प्रधानलगायत नेता तथा कार्यकताले स्व शाक्यप्रति श्रद्धाञ्जलि दिनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो अवसरमा सभापति देउवाले स्व शाक्यको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्दै प्रजातन्त्र स्थापनार्थ उहाँले पु¥याउनुभएको योगदानलाई पार्टीले उच्च सरहाना गर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो “स्व शाक्य स्वभिमानि नेता हुुनुहुन्थ्यो, प्रजातन्त्रका निमित्त उहाँले कसैसित सम्झौता गर्नुभएन ।”

शाक्य विसं २०१७ पुस १ गते राजाले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेपछि कालो झन्डा लिएर प्रदर्शनमा उत्रँदा जेल पर्नुभएको थियो ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि शाक्यले पु¥याउनुभएको योगदान उच्च रहेको चर्चा गर्दै उहाँको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको छ भन्नुभयो ।

लामो समय जेल जीवन व्यतित गर्नुभएका शाक्य विसं २०४६ पछि गठन भएको अन्तरीम मन्त्रिपरिषद्का काँग्रेसबाट आपूर्र्तिमन्त्री हुनुहुन्थ्यो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com