बिपीलाई अपदस्त गरेपछि कालो भन्डा लिएर प्रदर्शनमा उत्रदा जेल पर्ने नेताको निधन


प्रकाशित मिति : बैशाख २३, २०७४ शनिबार

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज बिहान ८.४५ बजे निधन भएको छ ।

ग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचारत् शाक्यको ७७ वर्षको उमेरमा मृत्यु भएको नेपाली काँग्रेसका नेता तथा सभासद् भीमसेन दास प्रधानले राससलाई जानकारी दिनुभयो ।

प्रधानकाअनुसार उहाँको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिनेछ । उहाँको आजै टेकु दोभानमा अन्तेष्ठि गरिनेछ । स्व शाक्य २०४६ सालपछिको अन्तरिम मन्त्रिपरिषद्का आपूर्तिमन्त्री हुनुहुन्थ्यो ।

उहाँ विसं २०१७ पुस १ गते राजाले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेपछि कालो भन्डा लिएर प्रदर्शनमा उत्रदा जेल पर्नुभएको थियो । सोही समयदेखि उहाँ मार्सल जुलुम शाक्यका नाममा सर्वत्र परिचित हुनुहुन्थ्यो ।

तस्बिर : प्रदीपराज वन्त

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com