प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम


प्रकाशित मिति : बैशाख २१, २०७४ बिहीबार

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले फिर्ता नलिएसम्म सदन चल्न नदिने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा भएको भेटपछि ओलीले न्यायपालिकालाई राजनीतिक हस्तक्षेप गर्ने निर्णय स्वीकार्य नहुँने बताएका हुन् ।
‘३ बजेसम्म महाअभियोग फिर्ता लिन प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको ओलीले बताए ।
दाहालले ३ बजे अगावै यसको जवाफ दिने ओलीको भनाई छ ।

ओलीले अमूक शक्तिकेन्द्रहरुसंगको परामर्शमा महाअभियोग ल्याइएको भन्दै फिर्ता लिनुको विकल्प नभएको बताए ।हटाइदासमेत प्रधानन्यायाधीशलाई महाअभियोग नलगाइएको स्मरण गर्दै उनले फैसला चित्त बुझेन भन्दैमा स्वतन्त्र न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप हुन नदिने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री दाहालले महाअभियोग फिर्ता लिनुको विकल्पमा छोटो प्रक्रियाबाट टुंग्याउने प्रस्ताव गरेको उल्लेख गर्दै ओलीले भने,‘छोटो भनेको कति रु कति दिनमा रु कसरी रु यो आलीझेली कुरा हामीलाई मान्य छैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com