डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा एमाले निर्विरोध निर्वाचित


प्रकाशित मिति : बैशाख २०, २०७४ बुधबार

– रामचन्द्र न्यौपाने

डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट प्रमुख, वडा अध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । सो गाउँपालिकामा नौ वटा वडा रहेका छन् ।

उक्त गाउँपालिकाको प्रमुखमा टसी टुन्डुप गुरुङ निर्विरोध निर्वाचित भएका छन्। मंगलबार भएको मनोनयन दर्ताको दिन नै एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

उक्त गाउँपालिकाको उपप्रमुखमा भने तीन जनाको उम्मेदवारी परेको छ । उपल्लो डोल्पाका छार्का, ताङसोझ, डोल्पो बुद्ध, शे-फोक्सुन्डो गाउँपालिकामा एमाले बाहेक अन्य कुनै पनि दलले उम्मेदवारी दिएका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com