बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने


प्रकाशित मिति : बैशाख २०, २०७४ बुधबार

पोखरा विमानस्थलको निर्माण सुरु भईसक्दा पनि बुद्ध एयरले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएँसगै अन्तर्राष्ट्रिय उडान भर्ने योजना तयार गरिसकेको छ ।
आन्तरिक उडानमा केन्द्रित रहेको बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारी अहिलेसम्म गरेको बताईएको हो ।
बुद्धले पोखराबाट सुरुवातमै ३ वटा बोइङमार्फत उडान गर्ने योजना बनाएको छ । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदासम्म बुद्धका ३ वटा बोइङ पनि आइसक्ने बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले बताए ।
काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान भर्ने पक्षमा नभएको पोखरा विमानस्थल जति छिटो बन्छ त्यति नै छिटो अन्तर्राष्ट्रिय उडान थाल्ने बताएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com