नेकपाका जिल्ला सेक्रेटरी सहित २५ जना पक्राउ


प्रकाशित मिति : बैशाख १९, २०७४ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी सहित २५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । निर्वाचन विथोल्ने काममा सक्रिय भएको भन्दै पार्टीका जिल्ला सेक्रेटरी चन्द्रवहादुर बढा, सह सेक्रेटरी गम्भिर, जिल्ला सदस्य हिरामणि रावल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपक बिष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस खलंगाका प्राध्यापक हरिबिष्णु ओली सहित जिल्ला तहका नेता कार्यकर्ता गरी २५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक अंगुर जिसीले जानकारी दिए ।

उनका अनुसार जिल्ला सक्रेटेरी सहित २४ जनालाई जिल्लाको आठविसकोट नगरपालिकाको राडिबाट र १ जनालाई सदरमुकाम मुसिकोटबाटै नियन्त्रणमा लिईएको हो । मंगलबार बिहान पक्राउ परेका उनिहरुलाई जिल्ला ल्याईदै गरेको छ । उनिहरुलाई तत्काल छाड्ने या नछाड्ने विषयमा मंगलबारै बस्ने जिल्ला सुरक्षा समन्वय समितिको बैठकले निर्णय गर्ने डिएसपी जिसीले बताए ।

निर्वाचन विरोधी गतिविधि बढ्न थालेपछि प्रहरी कडारुपमा प्रस्तुत हुनुपरेको उनको भनाई । ‘उनिहरुले आफ्ना कार्यक्रम गरिरहेका थिए हामी चुप लागेर बसेका थियौं डिएपी जिसीले भने–तर पछिल्ला केही दिन यता उम्मेदवार र मतदातालाई धम्क्याउन थालेपछि प्रहरी सक्रिय भएको हो ।’ उनिहरुले विभिन्न पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारी नदिन तथा मतदाताहरुलाई भोट नहाल्न धम्कि दिने, चन्दा असुल्ने, धम्किपुर्ण भाषामा पर्चा पम्प्लेटहरु निकाल्ने जस्ता गतिविधिहरु संचालन गरिरहेकाले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com