Follow @khasokhasmag

डोनाल्ड ट्रम्प किन भेट्न चाहन्छन् किम जोङ–उनलाई


प्रकाशित मिति : बैशाख १९, २०७४ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई भेट्न चाहेको बताउनुभएको छ ।

आफूले उत्तर कोरियाका नेता किमलाई भेट्न चाहेको र अहिलेको अवस्थामा त्यो अफ्ना लागि सम्मानको कुरा हुने ट्रम्पको भनाई छ ।

समाचार संस्था ब्लुमबर्गसँगको कुराकानीको क्रममा राष्ट्रपति ट्रम्पले किमलाई भेट्ने अवसर मिले आफूले पक्कै भेट्ने बताउनुभएको हो । यसअघि आइतबार उहाँले किमलाई विशेष क्षमतासहितको व्यक्तिको रुपमा परिभाषित गर्नुभएको थियो ।

उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण कोरियाली प्रायद्विपमा तनाव बढी रहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो भनाई आएको हो । ट्रम्पको भनाईपछि ह्वाइट हाउसले विज्ञप्ति निकालेर उत्तर कोरियाले भेटवार्ताका लागि धेरै शर्त पूरा गर्नु पर्ने र त्यसपछि मात्रै दुई देशका नेताबिच भेटवार्ता हुन सक्ने उल्लेख गरेको छ । तर ती शर्त के हुने भन्ने चाहिँ स्पष्ट पारिएको छैन ।

उत्तर कोरियाको उत्तेजक क्रियाकलाप तत्काल बन्द भएको देख्न चाहेको ह्वाइट हाउसले जनाएको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com