प्रधानन्यायाधिशबिरुद्ध दर्ता महाअभियोग प्रस्तावपछि गृहमन्त्रीले दिए राजिनामा


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

प्रधान न्यायाधिश शुसिला कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकोमा असन्तुष्टी जनाउदै
गृहमन्त्री विमलेन्द्र निधीले पदबाट राजिनामा दिएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधिश शुसिला कार्कीविरुद्ध आईतबार संसद सचिवालयमा महा–अभियोग प्रस्ताव दर्ता गरेसँगै असन्तुष्टी ब्यक्त गर्दै निधीले राजिनामा दिएको बताईएको छ ।

गृहमन्त्री निधीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो राजिनामा पत्र बुझाएर बाहिरीएका छन् । पत्रमा आफूले राजिनामा दिनुको कारण भने उनले उल्लेख गरेका छैनन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिनुभएको प्रतिक्रिया दिए ।

पत्रमा अगाडि भनिएको छ– ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहने छु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com