राप्रपाले भोलि सरकार छाड्ने !


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोगप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने भएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदरुले प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपाले असन्तुष्टि जनाएको हो ।

राप्रपाको भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने केन्द्रीय केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकार छाड्नेबारे आधिकारिक निर्णय गर्ने स्रोतले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com