राहतबारेको ह्वाइटहाउससँगको वार्ता सकारात्मक, डेमोक्र्याट्सको नयाँ बिलमा रिपब्लिकन असहमत


प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार

White house

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाका डेमोक्रेटिक सांसदहरुले सार्वजनिक गरेको २ दशमलव २ ट्रिलियन डलरको नयाँ बिलमा सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले असहमति जनाएका छन् । अमेरिकामा दोश्रो चरणको १२ सय डलरको राहत चेक र काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ६ सय डलर समेटिएको उक्त बिल माटो असुहाउँदो र निकै ठूलो रहेको म्याक्कोनेलले टिप्पणी गरेका छन् ।

उनले यो बिल सम्झौताबाट निकै टाढा रहेको बताएका छन् । उनले यो बिल रिपब्लिकनहरुलाई वार्ताको टेबलमा ल्याउनका लागि गम्भीर प्रयास नभएको बताएका छन् ।

बुधबार हाउस स्पीकर न्यान्सी पेलोसी र ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनबीच राहत प्याकेजबारे ९० मिनेट कुराकानी समेत भएको छ । पेलोसीले वार्ता जारी रहने बताएकी छिन् । मन्चिनले पनि केही दिनयता उल्लेख्य प्रगति भएको भन्दै आशा व्यक्त गरेका छन् । अहिलेसम्म सहमति कायम नभएको तर कहाँ पुगेर समाप्त हुन्छ आफूहरुले हेर्न मन्चिनले बताएका छन् ।

आजै मन्चिनले १ दशमलव ५ ट्रिलियन डलरको राहत योजनाको अफर समेत गरेका थिए । ह्वाइट हाउस र रिपब्लिकनहरुबीच १ दशमलव ५ ट्रिलियन डलरको राहत प्याकेजमा सहमति भएमा सिनेटका रिपब्लिकनहरुले १ दशमलव ५ ट्रिलियनको राहत प्याकेजलाई समर्थन गर्ने नगर्नेबारे केही स्पष्ट छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडि डेमोक्रेटिक सांसदहरुले हाउसबाट ३ दशमलव ४ ट्रिलियन डलरको बिल पारित गरेका थिए । तर रिपब्लिकनहरु यति ठूलो बिलको पक्षमा नभएपछि उक्त बिल सिनेटमा अगाडि बढ्न सकेको थिएन । अहिले त्यसमा १ ट्रिलियन डलरभन्दा बढी रकम कम गरेर ल्याइएको छ । आफूहरु १ ट्रिलियन घटेकाले रिपब्लिकनहरु १ ट्रिलियन बढेर उक्त बिलमा सहमति जनाउन डेमोक्रेटिक सांसदहरुले आग्रह गरेका छन् ।

डेमोक्र्याट्सहरुले ल्याएको नयाँ बिलमा  सेप्टेम्बर ६ देखि नै लागु हुनेगरी आगामी जनवरी ३१ सम्म काम गुमाएकाहरुलाई बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका अतिरिक्त साप्ताहिक ६ सय डलर दिने प्रावधान समेटिएको छ । साथै १२ सय डलरको दोश्रो चरणको राहत चेक दिने र आश्रीतहरुलाई अतिरिक्त ५ सय डलर दिने पनि बिलमा समेटिएको छ ।

स्थानीय र राज्य सरकारहरुलाई अतिरिक्त सहायताका लागि ४३६ बिलियन डलर दिने र पेचेक प्रोटेक्सन प्रोग्राम पनि चालु गर्ने विषय विलमा समावेश छ । विद्यालयहरुलाई सहायताका लागि २२५ बिलियन डलर र कोरोनाको परीक्षण र ट्रेसिंगका लागि ७५ बिलियन डलर प्रदान गर्ने विषय बिलमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com