अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टरको निर्माण


प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार

पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घको करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको समितिका क्षेत्रीय अध्यक्ष खगराज पौडेलले जानकारी दिनुभयो । निर्माण सुरु भएको तीन हप्तामै काम सकिएको छ ।

पर्यटकीय नगरी पोखरामा स्केटिङ खेलका खेलाडी उत्पादन गरी अब हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट स्केटिङ खेलाडीको सहभागिता जनाउने विश्वास गरिएको छ ।

पूर्वाधार निर्माणका लागि अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी, जापान, दक्षिण कोरिया, नर्वे, क्यानाडा, भारतलगायतका ३५ जना विदेशी नागरिकले श्रमदान गरेका थिए ।

यो स्केटिङ खेलको पूर्वाधार दक्षिण एसियाकै उत्कृष्ट मानिएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com