अष्ट्रेलियाको भिक्टोरियामा आमासंग हिंडिरहेको बच्चालाई दिनको उज्यालोमै अपहरण प्रयास


प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार

अष्ट्रेलियाको भिक्टोरियामा आमासंग हिंडिरहेको बच्चालाई अपहरण प्रयास भएको छ। घटना मेलबर्नको पश्चिमी क्षेत्रमा पर्ने Weeks Road , Harkness मा घटेको हो।

मंगलबार बिहान ९:२० को समयमा एकजना महिलाले आफ्नो एक छोरा र एक छोरीलाई चाइल्डकेयर तर्फ लैजाँदै थिइन्। बाइक चलाइरहेकी ती महिला पछाडी फर्किंदा देखिन् कि, कसैले उनकी दुई वर्षिया छोरीलाई पाखुरामा समातेर आफूतिर तानिरहेको छ ।

जब उनी चिच्याउँदै बच्चातिर गइन् , तब बच्चालाई तानिरहेको व्यक्तिले बच्चालाई छोडेर भाग्यो। ती महिलाका अनुसार, उक्त व्यक्ति अफ्रिकन मुलको जस्तो देखिन्थ्यो र मास्क लगाएको थिएन। उनले त्यो व्यक्ति २० वर्ष उमेर आसपासको देखिने बताएकी छिन्।

प्रहरीले ती महिलाले दिएको हुलिया विवरणको आधारमा उक्त व्यक्तिको खोजी गरिरहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com