ट्रम्पले विजनेशबाट २०१६ मा जम्मा ७५० डलर ट्याक्स तिरेको खुलासा, २० बर्षको विवरण छताछुल्ल


प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा आफ्नो विजनेशका तर्फबाट जम्मा ७५० डलर संघीय करवापत तिरेको खुलासा भएको छ । न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको रिपोर्ट अनुशार ट्रम्पले विजनेशका तर्फबाट सन् २०१७ मा पनि ७५० डलमात्र कर तिरेका छन् । त्योभन्दा अगाडि कैयन बर्ष उनले संघीय करबापत कुनै रकम नतिरेको रिपोर्ट प्रकाशित भएको छ । विजनेश घाटामा रहेको देखाएर ट्रम्पले कर छलेको टाइम्सको दावी छ ।

सन् २००० यताका १५ बर्षमध्ये १० बर्ष डोनाल्ड ट्रम्पले विजनेशबाट आयकरबापत कुनै रकम नतिरेको समेत खुलासा भएको छ ।

न्युयोर्क टाइम्सले ट्रम्प र उनको विजनेशको झण्डै २ दशकलामो ट्याक्स विवरण प्राप्त गरेको दावी गरेको छ । ट्रम्पले आफ्नो करको विवरण सार्वजनिक गर्न अस्वीकार गर्दै आएका थिए । ट्रम्प यसैबर्षको सुरुमा आफ्नो करको विवरणमा पहुच कायम गर्नबाट संसद र म्यानहटन डिस्ट्रिक्ट एटोर्नीलाई रोक्न सर्वोच्च अदालतमा समेत गएका थिए ।

ट्रम्पले अहिले पनि ७२ दशमलव ९ मिलियन ट्याक्स रिफण्डका लागि आईआरएससँग संघर्ष गरिरहेको रिपोर्टमा उल्लेख छ । यो रकम उनलाई सन् २०१० मा स्वीकृत गरिएको थियो । यदि ट्रम्पको दावी सही भएमा उनले उक्त रकम रिफण्डमा पाउनेछन् भने ट्रम्पले उक्त लडाई हारेको खण्डमा आईआरएसलाई १ सय मिलियन भन्दा बढी रकम तिर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले भने न्युयोर्क टाइम्समा प्रकाशित उक्त रिपोर्ट गलत भएको दावी गरेका छन् । उनले राज्यलाई आयकरबापत प्रसस्त रकम तिरेको बताएका छन् । न्युयोर्क राज्यले अत्यन्तै धेरै रकम लिने भन्दै उनले राज्यलाई असाध्यै धेरै रकम तिरेको बताएका छन् । आईआरएसको अडिट सकिएपछि ट्याक्स रिटर्नको विवरण सार्वजनिक गर्ने ट्रम्पले बताएका छन् ।

यस्तो प्रतिवद्धता ट्रम्पले ४ बर्ष अगाडि समेत जनाएका थिए । तर अहिलेसम्म उनले ट्याक्सको कुनै विवरण सार्वजनिक गरेका छैनन् । ट्रम्पले अहिलेपनि विजनेशहरु चलाइहेका छन् । तर त्यसको दैनिक कामकाजको जिम्मा आफ्ना छोराहरु एरिक र डोनाल्ड जुनियरलाई दिएको बताएका छन् ।

ट्रम्प अर्गनाइजेशनका वकिल एलन गार्टेनले विगतका दशकमा ट्रम्पले व्यक्तिगत करवापत संघीय सरकारलाई दशौं मिलियन डलर तिरेको बताएका छन् । तर ट्रम्पको विजनेश ट्याक्सको विवरणबारे टाइम्सको रिपोर्ट आएपछि डेमोक्रेटिक सांसदहरुले यसबाट ट्रम्पको ब्यापार कसरी संचालन भएको छ भन्ने स्पष्ट भएको बताएका छन् ।

राष्ट्रपति चुनाव आउन ६ हप्ताभन्दा कम अवधि बाँकी रहँदा ट्रम्पको विजनेशबारे यस्तो खुलासा भएको हो । ट्रम्प र अर्का उम्मेदबार जो बाइडेनबीचको पहिलो बहस आउनभन्दा २ दिन अगाडिको यो खुलासाले चुनावमा असर पर्नेसक्ने अनुमान गरिएको छ । न्युयोर्क टाइम्सले अरु धेरै यस्ता रिपोर्टहरु प्रकाशित गर्ने खुलासा गरिसकेको छ ।

ट्रम्पको फ्लोरिडामा रहेको मार ए लागो रिसोर्टमा नयाँ सदस्यताबापतको शुल्कबाटमात्रै आम्दानी प्रतिवर्ष ५ मिलियन डलर बढेको टाइम्सको रिपोर्टमा उल्लेख छ । कागजपत्रमा ट्रम्पको कुल सम्पत्तिबारे पनि कुनै उल्लेख छैन भने रसियासँगको अज्ञात व्यापार सम्बन्धबारे पनि केही उल्लेख छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com