भिटामिन ‘डी’ ले कोरोनाबाट मृत्युको सम्भावना घटाउने, कमी हुनेलाई लिन डाक्टर फाउचीको सुझाव


प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार

भिटामिन ‘डी’ ले कोरोनाबाट मृत्युको सम्भावना घटाउने एक अध्ययनले पत्ता लगाए लगत्तै अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भिटामिन ‘डी ‘को कमी भएकाहरुलाई भिटामिन डी लिन सुझाव दिएका छन् । आफूले पनि भिटामिन ‘डी’ को पुरकहरु लिइरहेको बताउँदै उनले भिटामिन डीको कमी भएमा कोरोनाको संक्रमणका लागि संवेदनशील भएको बताएका छन् ।

रगतमा ३० नानोग्राम प्रति मिलिलिटर भिटामिन डीको मात्रा हुने व्यक्ति कोरोना संक्रमण भएपनि बेहोस हुने, मृत्यु हुने, रगतमा अक्सिजनको कमी हुने जस्ता समस्या कम देखिएको अनुसन्धानले पुष्टी गरेको छ । अध्ययनले प्रयाप्त भिटामिन डी भएको व्यक्तिमा कोरोना संक्रमणबा कारण जटिलता आउने समस्या कम देखिएको प्रत्यक्ष प्रमाणहरु प्रदान गरेको छ ।

उक्त रिपोर्टको पूर्ण पाठ यहाँ पढ्न सक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिटामिन डीले मांशपेशी र समग्र हड्डीको स्वास्थ्यमा भूमिका खेल्छ । भिटामिन डीको कमी भएमा बांगा र कमजोर हड्डीको निर्माण हुनसक्छ । तर कतिमात्रामा भिटामिन डीको कमी भएका कतिमात्रामा पुरक भिटामिन डी लिनसकिन्छ भन्नेबारेमा भने केही अन्यौल समेत देखिन्छ ।

vitamin d sunbath

भिटामिन डीको प्राथमिक श्रोत सूर्यको किरण हो भने साल्मन, टुना जस्ता माछाबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ । च्याउ र दुधपनि भिटामिन डीको श्रोत मानिन्छ । अमेरिकामा ५० प्रतिशत बालबालिका र ३५ प्रतिशत बयस्कहरुमा भिटामिन डीको कमी भएको एउटा शोधले देखाएको छ ।

भिटामिनको डीको कमी भए नभएको रगतको जाँचबाट पत्ता लगाउन सकिन्छ । विज्ञहरुका अनुशार भिटामिन डीको कमी भएमा सुरुको चरणका कुनै प्रत्यक्ष लक्षणहरु देखा पर्दैनन् । यद्यपी भिटामिन डीको कमी भएमा छाला बुढो देखिने र सुख्खा हुने समस्या हुनसक्छ ।

सूर्यको किरणबाट भिटामिन डी प्राप्त हुने भएपनि अमेरिकाको कुनै पनि स्थानमा विहान १० बजे अगाडि र दिउसो ३ बजे पछाडिको सूर्यको किरणबाट प्रयाप्त भिटामिन डी बनाउन नसकिने चिकित्सकहरु बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com