ट्रम्प प्रशासनले स्वीकृत गरेको भ्याक्सिन समेत न्युयोर्क राज्यले छुट्टै पुनरावलोकन गर्ने


प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार

ट्रम्प प्रशासनले स्वीकृत गरेको कारोनाबिरुद्धको भ्याक्सिनको न्युयोर्क राज्यले छुट्टै पुनरावलोकन गरेरमात्र सर्वसाधारणका लागि प्रयोग गर्न स्वीकृति दिने भएको छ । कुनै पनि भ्याक्सिन अमेरिकी सरकारको खाद्य तथा औषधी प्रशासन एफडीएले स्वीकृत गरिसकेपछि पनि न्युयोर्कले आफ्नै पुनरावलोकन गर्ने गभर्नर एन्ड्रयु कुमोले बताएका छन् ।

ट्रम्प प्रशासनले कोरोनाबिरुद्धको भ्याक्सिनको पुनरावलोकन प्रकृयालाई राजनीतिकरण गरेको भन्दै कुमोले भ्याक्सिनबारे संघीय सरकारको धारणालाई आफूले विश्वास नगर्ने बताएका छन् । बिहिबार पत्रकार सम्मेलनमा बोल्दै कुमोले संघीय सरकारले स्वीकृति दिदैमा न्युयोर्कबासीलाई अतिरिक्त पुनरावलोकन विना भ्याक्सिन प्रयोगको सिफारिस नगर्ने बताए ।

भ्याक्सिन पुनरावलोकनका लागि डाक्टर, वैज्ञानिक र जनस्वास्थ्य विज्ञहरुको प्यानल बोलाउने उनले जानकारी दिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले एफडीएलाई भ्याक्सिन तीब्र गतिमा स्वीकृतिका लागि दवाव दिइरहेका छन् । ट्रम्पले चुनाव अगाडि नै भ्याक्सिन स्वीकृत गराउन चाहन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ सर्वेक्षणमा अधिकांश अमेरिकनहरुले भ्याक्सिन स्वीकृत भएपनि लगाउन हतारो नगर्ने बताएका छन् । सर्वेक्षणमा सहभागी हरेक १० जनामध्ये कम्तीमा ६ जनाले स्वीकृत हुनासाथ भ्याक्सिन नलगाउने बताएका छन् ।

ट्रम्पले भने लगातार नोभेम्बर ३ भन्दा अगाडि नै भ्याक्सिन स्वीकृत हुने अनुमान गर्दै आएका छन् । नोभेम्बर र डिसेम्बरमा भ्याक्सिन स्वीकृत भएपनि निकै कममात्र डोज उपलब्ध हुने विज्ञहरुले बताएका छन् । सबैका लागि भ्याक्सिन उपलब्ध हुने अर्कोबर्षको मध्यसम्म लाग्ने अनुमान गरिएको छ ।

अहिले अमेरिकामा जोन्सन एण्ड जोन्सनले समेत तेश्रो चरणको क्लीनिकल परीक्षण सुरु गरिसकेको छ । यसअगाडि मोडेर्ना र फाइजरको तेश्रो चरणको क्लीनिकल परीक्षण अमेरिकामा चलिरहेको छ । आष्ट्राजेनेकाको तेश्रो चरणको क्लीनिकल परीक्षण सुरु भएपनि एकजना बिरामी भएपछि रोकिएको परीक्षण अमेरिकामा अझै सुचारु भएको छैन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com