आगामी दुईमहिनासम्म अमेरिकामा हरेक परिवारलाई हरेक दुईसातामा एकहजार डलर दिन सुझाव


प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार

अमेरिकामा झण्डै १३ मिलियन अमेरिकनहरु वेरोजगार भएका छन् भने हजारौं विजनेशहरु स्थायीरुपमा नै बन्द भएका छन् । यो अवस्थामा अर्थतन्त्र रिकभरीका लागि अमेरिकामा रहेका हरेक परिवारलाई अझ धेरै राहत चेक आवश्यक भएको विज्ञहरुले बताएका छन् ।

दोश्रो चरणको राहत चेकसहितको प्याकेज अहिलेसम्म संसदले पारित गर्न सकेको छैन । यसबारेका सहमति पनि तत्कालै हुने सम्भावना देखिएको छैन । यो अवस्थामा अमेरिकाका अरबपति मार्क क्युबनले आगामी दुईमहिनासम्मका लागि अमेरिकामा हरेक परिवारलाई हरेक दुईसातामा एकहजार डलर दिन सुझाव दिएका छन् ।

अमेरिकामा अहिले दुईप्रकारका अर्थतन्त्र रहेको, एकाथरी तैरिन सफल भइरहेको र अर्काथरी तैरिन सफल नभएको बताएका छन् । संघर्ष गरिरहेका व्यक्ति र जनतालाई सहयोगको जरुरत रहेको उनले बताएका छन् । सहयोगका लागि उचित विकल्प भनेको अझ धेरै राहत चेकको वितरण रहेको उनको भनाई छ ।

अमेरिकामा रहेका हरेक परिवारले जतिसुकै आम्दानी भएपनि हरेक दुईसातामा एकहजार डलर प्राप्त गर्नुपर्ने उनको भनाई छ । उनले यस्तो विचार गत मे महिनामा पनि व्यक्त गरेका थिए । अहिले पनि उनी आफ्नो विचारमा अडिक रहेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले यसरी प्राप्त भएको रकम १० दिनभित्र खर्च गर्नुपर्ने अन्यथा रकम गुम्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । यसो भएमा अर्थतन्त्र जीवित राख्नमा मद्दत पुग्ने उनको तर्क छ । तर के कुरामा खर्च गर्छन् भन्नेबारे भने नियन्त्रण गर्न नहुने उनको भनाई छ ।

१० दिनभित्र खर्च गर्नुपर्ने नियम नराखेमा अधिकांशले उक्त रकम बचत गरेर राख्ने भएकाले खर्च गर्नुपर्ने प्रावधान राख्नुपर्ने उनले तर्क गरेका हुन् । अमेरिकनहरु अहिले आफ्नो भविश्यबारे अनिश्चित भएकाले उनीहरुले अहिले प्राप्त भएको रकम खर्च गर्नुभन्दा बचत गरेर राख्नसक्ने देखिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com