विश्वका टप १०० प्रभावशाली व्यक्तिको सुची प्रकाशित, ट्रम्प र मोदीदेखि आयुस्मान खुरानासम्म


प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार

टाइम म्गाजिनले सन् २०२० का टप १०० प्रभावशाली व्यक्तिको सुची प्रकाशित गरेको छ । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म रहेका छन् ।

विभिन्न शीर्षकमा १ सय व्यक्तिको सुची प्रकाशित गरिएको हो । पायोनियर, कलाकार, नेता, टाइटन्स, आइकन लगायतका शीर्षकमा १ सय जनाको सुची प्रकाशित गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रभावशाली नेताहरुमा २२ जनाको नाम समावेश गरिएको छ । जसमा अमेरिकामा बरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीदेखि उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस समेत रहेका छन् । त्यस्तै चीनका राष्ट्रपति सी जिङपिङ, अमेरिकाको सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सुचीमा रहेका छन् ।

जर्मन चान्सलर एन्जेला मर्कल, अमेरिकी राष्ट्रपति उम्मेदवार जो बाइडेन, अमेरिकाको हाउस स्पीकार न्यान्सी पेलोसी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि प्रभावशाली नेताहरुको सुचीमा रहेका छन् । त्यस्तै कलाकारको सुचीमा आयुस्मान खुराना, सेलेना गोमेजदेखि यो यो मासम्म रहेका छन् ।

सम्पूर्ण सुची यहाँ हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com