चीनका लागि जासुसी गरेको आरोपमा न्युयोर्क पुलिस अफिसर पक्राउ


प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार

न्युयोर्क पुलिसका एकजना अफिसरलाई चीनका लागि जासुसी गरेको आरोपमा सोमबार पक्राउ गरिएको छ । उनले आफ्ना तिब्बती मुलका सहकर्मीबिरुद्ध चीनका लागि जासुसी गरेको अभियोग लगाइएको छ ।

३३ बर्षका बाइमादाजे आङवाङले सुरक्षा सम्बन्धि गोप्य विवरणहरु अज्ञात व्यक्तिलाई पठाएको जनाइएको छ । खासगरी उनले चाइनिज कम्युनिष्ट पार्टीका विरोधीहरुको विवरण पठाएको अभियोग लगाइएको छ ।

आङवाङ तिब्बती मुलका नै रहेको र अमेरिकामा एसाइलम गरेर ग्रिनकार्ड प्राप्त गरेको जनाइएको छ । पछि उनले अमेरिकी नागरिकता प्राप्त गरेका थिए । उनी क्वीन्सको १११ औं प्रिसिंक्टमा कार्यरत रहँदै आएका थिए ।

उनी अमेरिकी सेनाको रिजर्भ फोर्सका सदस्य पनि हुन् । उनले अमेरिकी रक्षा मन्त्रालयबाट गोप्य स्तरको सुरक्षा क्लीयरेन्स प्राप्त गरेका थिए । उनले योग्यताको फर्म भर्दा कुनै पनि विदेशी सरकारसँग सम्बन्ध भएको अस्वीकार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी अदालतका कागजातमा आङवाङ सन् २०१८ देखि नै पीआरसी अधिकारी २ नामका अज्ञात व्यक्तिसँग सम्पर्कमा रहेको अभियोग छ । पीआरसी अधिकारी २ नामका ती अज्ञात व्यक्ति चाइनिज कम्प्युनिष्ट पार्टीसँग सम्बन्धित भएको आरोप छ ।

ती अज्ञात व्यक्तिलाई आङवाङले बोस भनेर सम्बोधन गर्ने गरेको जनाइएको छ । ती व्यक्तिले चाइनिज कम्युनिष्ट पार्टीको प्रशासन र नीति विरुद्धका श्रोतहरुलाई मत्थर पार्ने विभागमा काम गरेर विश्वास गरिएको छ ।

आङवाङले ती अज्ञात व्यक्तिलाई जुन २०१८ देखि मार्च २०२० सम्म कम्तीमा ५५ पटक फोन र मेसेज गरेको जनाइएको छ । आङवाङ न्युयोर्कको लङ आइल्याण्डमा बस्दै आएका छन् ।

उनले पीआरसी अधिकारी १ नामका व्यक्तिसँग पनि लगातार सम्पर्क गरेका थिए । सन् २०१४ को अगस्तदेखि सन् २०१७ को अगस्त सम्म कम्तीमा ५३ पटक सम्पर्क गरेको खुलासा भएको छ ।

आङवाङ अमेरिकामा कल्चरल एक्सचेन्ज भिसामा आएका थिए । दोश्रो पटक आएर ओभरस्टे भएका उनी चाइनिज सरकारबाट खतरा भएको भन्दै एसाइलम आवेदन दिएका थिए । तर उनी त्यसपछि कैयनपटक चीन पनि गएको जनाइएको छ ।

आङवाङका बाबु चाइनिज कम्प्युनिष्ट पार्टीका सदस्य रहेको र जनमुक्ति सेनाका रिटायर्ड अधिकारी रहेको जनाइएको छ । आङवाङकी आमा पनि रिटायर्ड सरकारी कर्मचारी रहेको जनाइएको छ । आङवाङका एकजना दाईपनि अहिले चीनको जनमुक्ति सेनामा कार्यरत छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com