ओराकललाई टिकटक किन्न आशिर्वाद दिएको ट्रम्पको भनाई, सरकारलाई ५ बिलियन डलर आउने


प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकन कम्पनी ओराकललाई टिकटक किन्न आशिर्वाद दिएको बताएका छन् । ट्रम्पले टिकटक किन्ने ओराकलको सहमतिलाई स्वीकृत गरेका हुन् ।

टिकटकसँगको सहमतिलाई अन्तिम रुप दिन अब एकसाताको समय दिइएको छ । ओराकलले टिकटक किनेपछि टिकटक ग्लोबल नामको नयाँ कम्पनी स्थापना गरिनेछ । जुन कम्पनीले अमेरिकी सरकारलाई नयाँ स्वास्थ्य फण्ड स्थापना गर्नका लागि ट्याक्स रकमका ५ बिलियन डलर प्रदान गर्नेछ ।

उक्त सहमतिबाट रकम आउनुपर्ने मागलाई यसलाई सन्तुष्ट पार्ने बताएका छन् । ओराकलले १२ दशमलव ५ प्रतिशत किन्ने र वालमार्टले ७ दशमलव ५ प्रतिशत किन्ने योजना रहेको छ । वालमार्टका सीईओले टिकटक ग्लोबलको बोर्ड सदस्यका रुपमा काम गर्नेछन् । ५ मध्ये ४ वटा बोर्डसदस्यहरु अमेरिकन रहनेछन् ।

यसैबीच टिकटकले पनि ओराकलसँगको सहमति स्वीकार गर्दै अब टिकटकको अमेरिकाका डाटाहरु ओराकलले सम्हाल्ने बताएको छ । ओराकलले नै यसको कम्प्युटर प्रणाली सुरक्षित गर्ने भएको छ । ओराकलले पनि टिकटकको प्रणाली शीघ्र आफ्नो क्लाउडमा हाल्ने बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओराकलसँग टिकटकको श्रोतकोडमा पूर्ण पहुँच हुनेछ । कम्पनीको चाइनिज मुल कम्पनीले कुनै चोरबाटो प्रयोग गरेर डाटामा जासुसी गर्न नपाउनेगरी ओराकलले पहुँच कायम गर्ने भएको छ ।

टिकटक ग्लोबलको मुख्यालय टेक्सासमा खोल्ने सम्भावना रहेको छ । कम्तीमा २५ हजारलाई रोजगार दिएर मुख्यालय स्थापना हुने जनाइएको छ । टिकटकले पनि थप १५ हजार कर्मचारीहरु राख्ने बताएको छ । अमेरिकामा १० हजार जना कर्मचारी राख्ने टिकटकले यसअगाडि नै प्रतिबद्धता जनाइसकेको छ ।

यसैबीच अमेरिकाको कमर्श डिपार्टमेन्टले टिकटकमाथिको प्रतिबन्ध एकसाता पछाडि सारेको जनाएको छ ।

अमेरिकामा टिकटकका झण्डै १ सय मिलियन प्रयोगकर्ताहरु रहेका छन् । वीच्याटबारे भने कुनै सहमति नभएकाले बन्द गरिने जनाइएको छ । आइतबारदेखि नै वीच्याट सम्बन्धित इन्टरनेट ट्राफिक होस्ट वा ट्रान्सफर गर्नुसमेत गैरकानुनी हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com