तीनसाताको ९ सय डलर पठाइसकेपछि अर्को ९ सयका लागि न्युयोर्कबासीलाई इमेल पठाउन सुरु


प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार

न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले पहिलो तीनसाताको ९ सय डलर पठाइसकेपछि अर्को तीनसाताको रकम पठाउन आवेदकहरुलाई इमेल पठाउन सुरु गरेको छ । पहिले नै योग्य भइसकेकाहरुलाई योग्य भएको सुचनासहित र पुन प्रमाणिकरण गर्नुपर्नेहरुलाई डकुसाइनमार्फत इमेल पठाउन सुरु गरिएको छ ।

पुन प्रमासणकरण गर्नुपर्नेहरुलाई अगस्त २३, अगस्त ३० र सेप्टेम्बर ६ को हप्ताका लागि प्रमाणिकरण गर्न डकुसाइनमार्फत इमेल पठाइएको छ । साप्ताहिक ३ सय डलरका लागि योग्य हुनका लागि कोरोना महामारीका कारण काम गुमाएको हुनुपर्ने प्रावधान रहेको छ । कोरोना महामारीबाहेक अन्य कारणले काम गुमाएर बेरोजगार विमा रकम लिइरहेकाहरु यो रकमका लागि योग्य हुँदैनन् ।

डकुसाइनमार्फत इमेल पठाएकाहरुलाई छिटो प्रमाणिकरण गरेर फिर्ता पठाउन सुझाव दिइएको छ । उनीहरुले ८३३ ४९१ ०६३२ मा फोन गरेर पनि प्रमाणिकरण गर्नसक्नेछन् ।

पहिले नै योग्य भइसकेकाहरु र सेप्टेम्बर २२ को मंगलबार बेलुका ५ बजेसम्म प्रमाणिकरण गर्नेहरुले अगस्त २३, अगस्त ३० र सेप्टेम्बर ६ को हप्ताका लागि पनि अर्को एकमुष्ठ ९ सय डलर आगामी साता पाउनेछन् । अरुका लागि भने ढिलो हुनसक्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले तय गरेको साप्ताहिक ३ सय डलर झण्डै साढे २२ लाख काम गुमाएकाहरुलाई एकमुष्ठ ९ सयका दरले रकम पाइकसका छन् । अगस्त २, अगस्त ९ र अगस्त १६ को हप्ताको तीनसय डलरका दरले एकमुष्ठ ९ सय डलर पठाइएको हो ।

कोरोनाको महामारी सुरुभएयता न्युयोर्क राज्यले बेरोजगारी विमा र महामारी बेरोजगारी सहायताबापत साढे ४४ बिलियन डलर न्युयोर्कबासीलाई वितरण गरिसकेको छ ।

अगस्त २३, ३० र सेप्टेम्बर ६ को साताको रकम पाउनका लागि २१ लाख न्युयोर्करहरु पहिले नै योग्य रहेको र उनीहरुले कुनै कदम चाल्नु नपर्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । झण्डै १ लाख ५७ हजारजना अगस्त २ देखि सेप्टेम्बर ६ सम्मको साताका लागि अतिरिक्त साप्ताहिक ३ सय पाउन योग्य रहेको तर उनीहरुले कोरोनाका कारण काम गुमाएको प्रमाणिकरण नगरेको जनाइएको छ ।

झण्डै २३ हजार ७ सय जना अगस्त २३, अगस्त ३० र सेप्टेम्बर ६ को एकवा त्यो भन्दा बढी हप्ताका लागि साप्ताहिक ३ सय प्राप्त गर्न योग्य रहेको जनाइएको छ । तर उनीहरु अगस्त२, अगस्त ९ र अगस्त १६ को हप्तामा बेरोजगार नभएकाले ती साताहरुको रकम भने पाउन नसक्ने जनाइएको छ ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com