अब अमेरिकामा लक्षण नदेखिएका तर संक्रमितको नजिक गएकाहरुले पनि कोरोना परीक्षण गराउनुपर्ने


प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

अमेरिकन सीडीसीले आफ्नो निर्देशिकामा परिवर्तन गर्दै लक्षण नदेखिएका तर संक्रमितको नजिक गएकाहरुले पनि कोरोना परीक्षण गराउनुपर्ने जनाएको छ । यसअगाडिको सीडीसीको निर्देशिकामा संक्रमितको नजिकको सम्पर्कमा गएका व्यक्तिलाई लक्षण नदेखिएमा परीक्षण गर्नुनपर्ने जनाइएको थियो ।

सीडीसीले शुक्रबार पुरानो निर्देशिकामा भएको प्रावधान उल्टाएको हो । अघिल्लो प्रावधानमा नजिकको सम्पर्कमा गएकाहरुले समेत परीक्षण गराउनु नपर्ने उल्लेख भएकोमा सर्बत्र आलोचना भएको थियो । चर्को आलोचनापछि सीडीसीले निर्देशिकामा परिवर्तन गरेको हो ।

जनस्वास्थ्य विज्ञहरुले सीडीसीको निर्देशिकामा गरिएको परिवर्तनको स्वागत गरेका छन् । संक्रमितको नजिकको सम्पर्कमा गएका व्यक्तिले समेत लक्षण नदेखिंदा समेत कोरोना फैलाउनसक्ने विभिन्न शोधहरुले देखाइसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडिको निर्देशिका अगस्त २४ मा प्रकाशित गरिएको थियो । त्यसको झण्डै तीनसातापछि निर्देशिकामा परिमार्जन गरिएको हो । सीडीसीको विगतको गाइडलाइनमा संक्रमितको नजिक गएकाहरुमा लक्षण नदेखिएमा परीक्षण गर्नु नपर्ने बताइएपनि सरुवा रोग समाज अमेरिका लगायतका विभिन्न संघ संस्थाले लक्षण नदेखिएकाहरुलाई पनि परीक्षण गराउन आग्रह गर्दै आएका थिए ।

कोरोना संक्रमण पुष्टी भएका तर लक्षण नभएकाहरुको संख्या पनि किनै उच्च रहेको छ । त्यस्ता व्यक्तिले आफूलाई संक्रमण भएको थाहा नपाइकनै अरुलाई संक्रमण फैलाइरहेको पाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com