आइतबारदेखि अमेरिकामा टिकटक र वीच्याट डाउनलोड गर्न नमिल्ने


प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

अन्तत आइतबारदेखि अमेरिकामा टिकटक र वीच्याटमा प्रतिबन्ध लाग्ने भएको छ । अमेरिकन कम्पनीले टिकटक किन्ने कुनै पनि सम्झौता हुन नसकेपछि आइतबारबाट टिकटकमा प्रतिबन्ध लाग्ने निश्चित भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुशार अमेरिकाको कमर्श डिपार्टमेन्टले टिकटकमाथिको प्रतिबन्धको कार्यान्वयन आइतबारदेखि गर्न लागेको हो । डिपार्टमेन्टले आइतबारदेखि टिकटक डाउनलोड गर्न र एप्लीकेशन स्टोरमा राख्न समेत प्रतिबन्ध लगाउने स्पष्ट पारेको छ ।

यसबारेमा गुगल र एप्पललेभने अहिलेसम्म केही बताएका छैनन् । पहिले नै एप्लीकेशन डाउनलोड गरिसकेकाहरुले चलाउनसक्ने र अपडेट गर्न खोजेमा बन्द हुनसक्ने जनाइएको छ । आइतबार रातीदेखि सुधारिएको, अपडेट गरिएको र मर्मत गरिएको एप्लीकेशनमा पहुँच नहुने कमर्श डिपार्टमेन्टका सेक्रेटरी विल्वर रोसले स्पष्ट पारेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबारदेखि नै वीच्याट सम्बन्धित इन्टरनेट ट्राफिक होस्ट वा ट्रान्सफर गर्नुसमेत गैरकानुनी हुनेछ । तर इन्टरनेट ट्राफिक होस्ट वा ट्रान्सफरमा टिकटकमा भने नोभेम्बर १२ सम्म प्रतिबन्ध लाग्नेछैन । अर्थात् पहिले नै डाउनलोड गरेकाहरुले नोेभेम्बर १२ सम्म टिकटक चलाउन सक्नेछन् ।

अहिले अमेरिकन कम्पनी ओराकलले टिकटक किन्नेबारेमा छलफल चलिरहेको छ । उक्त सम्झौतको टुंगो लगाउने डेडलाइन नोभेम्बर १२ सम्म दिइएको छ ।

अमेरिकामा टिकटकका झण्डै १ सय मिलियन प्रयोगकर्ताहरु रहेका छन् । टिकटक र वीच्याटले यस्ता प्रतिबन्धहरुको विरोध गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com