KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

न्युयोर्कमा ९ सयका दरले साढे २२ लाखलाई पठाइयो १.९ बिलियन, अर्को ९ सय पनि स्वीकृत

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार

न्युयोर्कमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले तय गरेको साप्ताहिक ३ सय डलर झण्डै साढे २२ लाख काम गुमाएकाहरुलाई एकमुष्ठ ९ सयका दरले पठाइएको न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । अगस्त २, अगस्त ९ र अगस्त १६ को हप्ताको तीनसय डलरका दरले एकमुष्ठ ९ सय डलर पठाइएको हो ।

न्युयोर्क डिपार्टमेन्ट अफ लेबरले पठाएको उक्त रकम कतिपय बैंकमा शुक्रबार नै र कतिपयमा सोमबारसम्म आइपुग्ने जनाइएको छ । यसैबीच संघीय आपतकालिन व्यवस्थापन एजेन्सी फेमाले न्युयोर्कबासीहरुका लागि अतिरिक्त ३ साताका लागि साप्ताहिक ३ सयका दरले जनही थप ९ सय डलर स्वीकृत गरेको छ ।

न्युयोर्कबासीले अगस्त २३, अगस्त ३० र सेप्टेम्बर ६ को हप्ताका लागि पनि अर्को एकमुष्ठ ९ सय डलर पाउने भएका छन् । यो रकम आगामी साता नै न्युयोर्कबासीहरुका खातामा पठाइने भएको छ । कोरोनाको महामारी सुरुभएयता न्युयोर्क राज्यले बेरोजगारी विमा र महामारी बेरोजगारी सहायताबापत साढे ४४ बिलियन डलर न्युयोर्कबासीलाई वितरण गरिसकेको छ ।

अगस्त २३, ३० र सेप्टेम्बर ६ को साताको रकम पाउनका लागि २१ लाख न्युयोर्करहरु पहिले नै योग्य रहेको र उनीहरुले कुनै कदम चाल्नु नपर्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । झण्डै १ लाख ५७ हजारजना अगस्त २ देखि सेप्टेम्बर ६ सम्मको साताका लागि अतिरिक्त साप्ताहिक ३ सय पाउन योग्य रहेको तर उनीहरुले कोरोनाका कारण काम गुमाएको प्रमाणिकरण नगरेको जनाइएको छ । उनीहरुलाई डकुसाइनमार्फत इमेल पठाइसकिएको र छिटो प्रमाणिकरण गरेर फिर्ता पठाउन सुझाव दिइएको छ । उनीहरुले ८३३ ४९१ ०६३२ मा फोन गरेर पनि प्रमाणिकरण गर्नसक्नेछन् ।

झण्डै २३ हजार ७ सय जना अगस्त २३, अगस्त ३० र सेप्टेम्बर ६ को एकवा त्यो भन्दा बढी हप्ताका लागि साप्ताहिक ३ सय प्राप्त गर्न योग्य रहेको जनाइएको छ । तर उनीहरु अगस्त२, अगस्त ९ र अगस्त १६ को हप्तामा बेरोजगार नभएकाले ती साताहरुको रकम भने पाउन नसक्ने जनाइएको छ । उनीहरुलाई डकुसाइनमार्फत इमेल पठाइसकिएको र छिटो प्रमाणिकरण गरेर फिर्ता पठाउन सुझाव दिइएको छ । उनीहरुले ८३३ ४९१ ०६३२ मा फोन गरेर पनि प्रमाणिकरण गर्नसक्नेछन् ।

पहिले नै योग्य भइसकेकाहरु र सेप्टेम्बर २२ को मंगलबार बेलुका ५ बजेसम्म प्रमाणिकरण गर्नेहरुले अगस्त २३, अगस्त ३० र सेप्टेम्बर ६ को हप्ताका लागि पनि अर्को एकमुष्ठ ९ सय डलर आगामी साता पाउनेछन् । अरुका लागि भने ढिलो हुनसक्नेछ ।

 

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com