६ सेन्टस ट्याक्स तिर्न छुटाउँदा न्युजर्सीमा ८९ बर्षकी बृद्धाको घर लिलाममा


प्रकाशित मिति : आश्विन १, २०७७ बिहीबार

न्युजर्सी ओसन टाउनसिपमा बस्दै आएकी ८९ बर्षकी ग्लेन क्रिस्टी गोल्डेंथलको घर गत सेप्टेम्बर ९ मा अचानक लिलाममा राखियो । उनले ६ सेन्टस ट्याक्स तिर्न छुटेको रहेछ । अल्जाइमर रोगकी बिरामी उनलाई उक्त रकम तिर्न छुटेको पनि याद थिएन ।

ओसन टाउनसिपका अधिकारीहरुले उनको घर लिलाममा राखेपछि उनी निकै आत्तिइन् । उनले तिर्न बाँकी ६ सेन्टसको ब्याज र प्रशासनिक खर्च गरी झण्डै ३ सय डलर पुगेको रहेछ ।

२०१९ मा तिर्न छुटेको ६ सेन्टसका कारण घरबाट आफ्नी आमालाई निकाल्न लागिएको भन्दै उनकी छोरी लिसा सुहेले टिकटकमा भिडियो राखिन् । उनले ओसन टाउनसिपका अधिकारीहरुलाई फोन गरेर ६ सेन्टसका कारण घर लिलाममा राखेको भनेर सोधिन् । उनीहरुले ‘हो’ भनेर जवाफ दिए ।

८९ बर्षकी बृद्धाले अल्जाइमरका कारण आफूले तिर्न बाँकी रहेको ६ सेन्टस बिर्सेकी रहिछन् । छोरी लिसाले आमाको घर बचाउन विभिन्न निकाय र त्यहाँका मेयरलाई समेत फोन गरिन् । ६ सेन्टसका लागि कसैको घर लिलाममा राख्नु लज्जास्पद रहेको त्यहाँका मेयर क्रिस्टोफर सिसिलियानोले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेयरले माफी माग्दै प्रणालीमा सुधार आवश्यक रहेको बताए । नियमित रुपमा रकम बुझाउँदै गएपनि विगतमा छुटेको रकमका कारण घर लिलाममा राख्ने अवस्था आउने र यो कम्प्युटर प्रणालीका कारण हुने मेयरले बताए ।

मेयरले राज्यका अधिकारीहरुसँग सम्पर्क गरेर कति रकम ट्याक्सबापत तिर्न बाँकी रहेको खण्डमा घर लिलाममा राख्न सकिने भन्ने सन्दर्भमा सिमाबन्दी सहितको नियम पारित गर्न आग्रह गरेको बताएका छन् । मेयरले सिनेटर विन गोपाललाई सम्पर्क गरेर यसबारे कुरा गरेका थिए ।

बृद्धाकी छोरी लिसाले ६ सेन्टसका लागि घर लिलाममा राख्नेले व्यवहारिक रुपमा सोंच्न नसकेको भन्दै आलोचना गरेकी छिन् । उनले बाँकी रहेको ६ सेन्टस ट्याक्स पनि तिरिदिएकी छिन् ।

तर कागजपत्रको प्रकृया झन्झटिलो हुने भएकाले बृद्धाले आफ्नी छोरीलाई बारम्बार फोन गर्दै सोधेकी छिन् -‘मेरो घर गुम्ने त होइन? मैले मेरो सामान प्याक गर्नुपर्ने हो र ? म अब कहाँ गएर बस्ने होला ?’

ती बृद्धासँग घरको रकम तिर्नका लागि पैसा पनि थियो । तर उनी प्रणालीको शिकार भएकी हुन् । प्रणालीको कमजोरीका कारण महामारीका कतिजना व्यक्ति पीडित भए होलान् ? लिसाले चिन्ता व्यक्त गरिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com