बृहत राहत प्याकेजलाई समर्थन गर्न रिपब्लिकनलाई ट्रम्पको आव्हान


प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार

कोरोनाभाइरस बृहत राहत प्याकेजलाई समर्थन गर्न रिपब्लिकनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आब्हान गरेका छन् । ह्वाइटहाउस र डेमोक्र्याट्सहरुबीच अहिलेसम्म राहत प्याकेजमा सहमति कायम हुन नसकेको बेलामा ट्रम्पको भनाई आएको हो । ट्रम्पको भनाईपछि डेमोक्र्याट्ससँग गत महिनादेखि रोकिएको वार्ता पुन सुचारु हुने अपेक्षा गरिएको छ ।

चुनावमा मुखमा नयाँ राहत प्याकेजका लागि केही गर्न नसकेका भन्दै हाउस स्पीकर न्यान्सी पेलोसीको केही डेमोक्रेटिक सांसदहरुबाटै आलोचना भइरहेको छ । ट्रम्पको भनाईले अब दुबै पक्षलाई दवाव पुगेको छ । ट्रम्पपनि चुनावको मुखमा आफ्नो पक्षमा माहौल बनाउन चुनाव अगाडि नै राहत प्याकेज ल्याउनुपर्ने पक्षमा देखिएका छन् ।

बुधबार बेलुका ह्वाइटहाउसमा बोल्दै ट्रम्पले मंगलबार हाउसका दुईदलका सांसदहरुले प्रस्ताव गरेको १ दशमलव ५ ट्रिलियन डलरको राहतमा सहमति जनाएका छन् । उक्त प्रस्तावमा दोश्रो चरणको १२ सय डलर र काम गुमाएकाहरुलाई २ महिनासम्म साप्ताहिक ४५० डलर दिने उल्लेख छ । त्यसपछि राज्यले दिने रकम सहित साप्ताहिक ६ सय भन्दा बढी नहुनेगरी प्रदान गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले भनेका छन् – ‘म बढी रकमको राहत प्याकेजको पक्षमा छु । केही रिपब्लिकनहरु यसमा सहमत छैनन् । तर मेरो विचारमा म उनीहरुलाई कन्भिन्स गर्न सक्छु । किनभने मैले मान्छेहरुले रकम पाएको चाहन्छु ।’

बुधबार सहमतिको दिशामा अरु पनि प्रगति भएको छ । ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिन र हाउस स्पीकर न्यान्सी पेलोसीबीच दुईहप्तापछि पहिलोपटक फोनमा कुराकानी भएको छ । हाउस छुट्टीमा जानु अगाडि नै राहत प्याकेज ल्याउनुपर्ने पक्षमा रहेका हाउसका डेमोक्रेटिक सांसदहरुको संख्या पनि बढ्दो रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com