अमेरिकामा जनगणनामा सहभागी हुने अवधि २ सातामात्रै, विगतको जनगणनामा नेपालीहरु ‘अण्डरकाउन्ट’


प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार

अमेरिकामा जनगणनामा गणना हुने अवधि अब झण्डै २ सातामात्र बाँकी रहेको छ । सेप्टेम्बरको अन्त्यसम्ममा जनगणनामा गणना भइसक्नुपर्ने प्रावधान रहेकाले जनगणनामा सहभागिताका लागि आब्हान गर्दै अन्तिम साताका अभियानहरु संचालनमा रहेका छन् ।

विगतका जनगणनामा अमेरिकामा रहेका  धेरै नेपालीहरुले भाग नलिएका कारण अमेरिकाको आधिकारिक तथ्यांकमा नेपालीहरुको संख्या कम देखिएको छ , जसका कारण नेपालीहरुले कैयन सरकारी सुविधा र साधन श्रोतमा पहुच प्राप्त गर्न सकेका छैनन् ।

विभिन्न सुविधा र साधन श्रोतमा पहुच स्थापनाका लागि नेपाली समुदायलाई जनगणनामा सहभागी हुन अनुरोध गरिएको छ ।  यो वेवसाइटमा गएर विभिन्न प्रश्नहरुको जवाफ दिएर जनगणनामा सहभागी हुन सकिनेछ ।

जनगणनामा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् ।

सयौं बिलियन डलरको संघीय फण्डको उचित हिस्सा न्युयोर्क सिटीले प्राप्त गर्ने सुनिश्चितताका लागि जनगणनामा भाग लिन न्युयोर्कबासीहरुलाई मेयर बिल डे ब्लाजिओले आव्हान गरेका छन् । जतिधेरै न्युयोर्कबासीले जनगणनामा सहभागिता जनाउँछन्, त्यती नै धेरै शिक्षा, स्वास्थ्य, आवास, बाटोघाटो र पुल निर्माण लगायतका क्षेत्रमा न्युयोर्क सिटीले संघीय रकम प्राप्त गर्नेछ । किनभने यो बजेट जनसंख्याका आधारमा निर्धारण गरिन्छ ।

न्युयोर्कको ज्याक्सनहाइटमा स्थानीय सरकारका तर्फबाट नेपाली भाषामा राखिएको डिजिटल सुचना ।फोटो: खसोखास

1-844-330-2020 नम्बरमा फोन सम्पर्क गरेर पनि जनगणनामा सहभागिता जनाउन सकिनेछ । जुनसुकै अध्यागमन स्टाटस भएकाहरुलाई पनि जनगणनामा सहभागिता जनाउन आब्हान गरिएको छ । सेन्सस फर्ममा नागरिकता वा अध्यागमन स्टाटसबारे प्रश्न नभएकाले ढुक्कसँग सहभागी हुन आव्हान गरिएको छ । साथै जनगणनाको विवरण सरकारका अध्यागमन कार्यान्वयन निकायलाई प्रदान गर्न वर्जित गरिएको छ ।

कानुन अनुशार जनगणना जानकारी मात्र तथ्याकीय उद्देश्यको लागि प्रयोग गर्न सकिन्छ । कुनै पनि तरिकामा एक व्यक्ति वा परिवारको विरूद्ध प्रयोग गर्न नपाउने कानुन रहेको छ । जनगणना ब्यूरोले कुनै पनि सरकारी एजेन्सीहरू, निजी व्यक्तिहरू वा कम्पनीहरूसँग व्यक्तिगत जानकारी साझेदारी गर्दैन ।

जनगणना ब्यूरोले अध्यागमन कानुन कार्यान्वयन निकायहरु, अन्य कानुन कार्यान्वयन निकायहरु, अरु कुनै संघीय, राज्य, वा शहर एजेन्सीहरू र घर मालिकहरूलाई यस्तो विवरण प्रदान गर्दैन ।

न्युयोर्कको ज्याक्सनहाइटमा स्थानीय सरकारका तर्फबाट नेपाली भाषामा राखिएको डिजिटल सुचना ।फोटो: खसोखास

जनगणना के हो?

जनगणनाले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने हरेक वयस्क, शिशु र बच्चालाई गणना गर्छ। यो गणना हरेक दश वर्षमा सरकारी निकाय अर्थात यु.एस. जनगणना ब्यूरोद्वारा गरिन्छ ।

हरेक घरका एकजना व्यक्तिले अनलाइनबाट वा फोन वा हुलाकबाट जनगणना पूरा गर्नुपर्छ। नयाँ जन्मिएका, साना बालबालिका र धेरै जसो आफूसँग सुत्ने साथी वा परिवार सदस्यहरू सहित आफ्नो ठेगानामा बस्ने सबैजनालाई गणना गर्नुहोस्।

यदि स्थायी ठाउँ नभएको र अप्रिल १, २०२० देखि यहाँ बस्ने कोही व्यक्ति हुनुहुन्छ भने, उक्त व्यक्तिलाई पनि गणना गर्नुहोस्।


यो किन महत्त्वपूर्ण छ ?

जनगणनाले महत्त्वपूर्ण डाटा उपलब्ध गराउँछ जसले तपाईंको जीवनको विभिन्न पक्षहरूलाई आकार दिन्छ। कानूननिर्माता, व्यवसायको मालिक, शिक्षक र अन्य धेरैले तपाईंको समुदायमा सेवा, उत्पादन र सहायता उपलब्ध गराउन यो डाटालाई दैनिक प्रयोग गर्दछन्।

हरेक वर्ष, सेवा, जनगणनाका डाटाका आधारमा करोडौं डलरका संघीय कोषहरू अस्पताल, अग्नी विभाग, विद्यालय, सडक र अन्य स्रोतहरूमा खर्च गरिएको हुन्छ। जनगणनाको डाटाले कंग्रेसमा हुने हरेक सिटको निर्धारण गर्छ र तिनीहरूलाई मतदानका जिल्लाहरूका सीमाहरू कोर्न प्रयोग गरिन्छन्। जनगणना गर्ने कार्य संयुक्त राज्य अमेरिकाको संविधानद्वारा पनि आवश्यक छ: धारा १ को उपधारा २ मा संयुक्त राज्य अमेरिकाले हरेक दश वर्षमा आफ्नो जनगणना गर्छ भनिएको छ। पहिलो गणना सन् १७९० मा भएको थियो।

गोपनीयता र सुरक्षा

तपाईंले उपलब्ध गराउनु हुने जवाफहरू तथ्याङ्कहरू निर्माण गर्न प्रयोग गरिन्छ। कानूनद्वारा जनगणना ब्यूरोले तपाईंका जवाफहरू सुरक्षित गर्न र तिनीहरूलाई कडा गोपनीयताका साथ राख्न आवश्यक पर्छ। वास्तवमा सबै कर्मचारी तपाईको व्यक्तिगत जानकारीलाई जीवनकालभर संरक्षण गर्न शपथ खाएका हुन्छन्।

यु. एस. संहिताको शीर्षक १३ मा, जनगणना ब्यूरोले तपाईं, तपाईंको घर वा तपाईंको व्यवसायलाई पहिचान गर्न सकिने कानकारी कसैलाई पनि अर्थात कानून प्रवर्तन निकायहरूलाई पनि खुलासा गर्न सक्दैनन्। कानूनले तपाईंको डाटा संरक्षित गरिन्छ र तपाईंका डाटालाई सरकारी निकाय वा अदालतद्वारा तपाईंका विरुद्ध प्रयोग गर्न सक्दैनन् भनी सुनिश्चित गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com