KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

काम गुमाएका २० लाख बढी न्युयोर्कबासीलाई तीनदिनभित्र ९ सय डलर पठाइने

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

कोरोना महामारीका कारण काम गुमाएका झण्डै २० लाख योग्य न्युयोर्कबासीहरु र सेप्टेम्बर १५ को बेलुका ५ बजेसम्म प्रमाणिकरण गरिसकेकाहरुले सेप्टेम्बर १८ शुक्रबारसम्म तीनसाताको एकमुष्ठ ९ सय डलर प्राप्त गर्ने भएका छन् । न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले पहिले नै योग्य भएकाहरु र आज बेलुका ५ बजे अगाडि प्रमाणिकरण गरेकाहरुले तीनदिनभित्र रकम प्राप्त गर्ने जनाएको हो ।

सेप्टेम्बर १५ को ५ बजेसम्म प्रमाणिकरण नगरेकाहरुले अझै पनि डकुसाइन वा फोनमार्फत प्रमाणिकरण गर्नसक्नेछन् । तर उनीहरुले रकम प्राप्त गर्नभने ढिलो हुने भएको छ । उनीहरुलाई पालैपालोगरी रकम पठाइने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

पहिले नै योग्य भएका र प्रमाणिकरण गर्न नपर्नेहरुलाई बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर पाउन योग्य रहेको इमेल न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले पठाएको छ । तर झण्डै ४ लाख ३५ हजारले भने उक्त रकम प्राप्त गर्न पुन प्रमाणिकरण गर्नुपर्छ ।

उनीहरुलाई पनि डिपार्टमेन्ट अफ लेवरले सेप्टेम्बर ११ मा डकुसाइनमार्फत इमेल पठाएको छ । इमेलमा डकुसाइनमार्फत लेबर डिपार्टमेन्टको इमेल आएको छ भने यथाशीघ्र प्रमाणिकरण गर्न सुझाव दिइएको छ । तर यदि पहिले नै योग्य भएको इमेल वा टेक्स्ट मेसेज पनि आएको छैन र डकुसाइनमार्फत प्रमाणिकरणको इमेल पनि आएको छैन भने ८३३ ४९१ ०६३२ मा फोन गरेर प्रमाणिकरण गर्नससकिन्छ ।

योग्य व्यक्तिले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुशार अगस्त १ को सातादेखि नै तीनसातासम्मको रकम प्राप्त गर्नेछन् । योग्य भएको इमेल प्राप्त गरिसकेकाहरुले रकम प्राप्त गर्नका लागि कुनै कदम चाल्नुनपर्ने जनाइएको छ ।

झण्डै २४ लाख न्युयोर्कबासीहरु अतिरिक्त साप्ताहिक ३ सय डलरका लागि योग्य रहेको जनाइएको छ । उनीहरुलाई अहिले तीनसाताको ९ सय डलर एकमुष्ठ पठाइनेछ । अरु थप तीनसाताको रकम गरी कुल १८ सय डलर प्राप्त हुने सम्भावना रहेको छ । महामारीको समयमा न्युयोर्क राज्यले झण्डै ३५ लाखलाई झण्डै ४४ बिलियन डलर प्रदान गरिसकेको छ ।

अहिलेसम्म संघीय आपतकालिन व्यवस्थापन एजेन्सीले न्युयोर्कबासीहरुका लागि तीनसाताका लागि साप्ताहिक ३ सयका दरले रकम निकाशा गरिसकेको छ । अगस्त २, अगस्त ९ र अगस्त १६ को साताका लागि रकम निकाशा भइसकेको न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com