KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

रिपब्लिकन र डेमोक्र्याट्स मिलेर नयाँ राहत प्रस्ताव, १२ सय डलरको राहत चेक र साप्ताहिक ४५०

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

आज अमेरिकाको प्रतिनिधिसभाका रिपब्लिकन र डेमोक्रेटिक सांसद मिलेर नयाँ राहत प्याकेज प्रस्ताव सार्वजनिक गरेका छन् । जसमा दोश्रो चरणको १२ सय डलर र काम गुमाएकाहरुलाई साप्ताहिक रकम समेत समेटिएको छ ।

५० जना सांसदहरु मिलेर १ दशमलव ५ ट्रिलियनको यो प्याकेजको योजना सार्वजनिक गरेका हुन् । तर यो पारित हुनमा लामो बाटो रहेको छ ।

प्याकेजले काम गुमाएकाहरुलाई साप्ताहिक ४ सय ५० डलर २ महिनाको अवधिका लागि प्रदान गरिने व्यवस्था गरेको छ । त्यसपछि भने ५ हप्तासम्म काम गुमाएकाहरुलाई राज्य र संघीय रकम कुल साप्ताहिक ६ सय भन्दा बढी नहुनेगरी प्रदान गर्ने प्याकेज प्रस्तावमा उल्लेख छ ।

राहत प्याकेज प्रस्तावको रकम रिपब्लिकनले विगतमा चाहेको भन्दै अलिकति धेरै र डेमोक्र्याट्सहरुले चाहेको भन्दा कम गरिएको छ । न्युजर्सीका डेमोक्रेटिक सांसद र न्युयोर्कका रिपब्लिक सांसदले यो प्याकेजको नेतृत्व गरेका छन् ।

प्याकेज प्रस्तावमा साना विजनेशलाई सहायताका लागि पीपीपी कार्यक्रमको समेत व्यवस्था गरिएको छ । त्यस्तै राज्य र स्थानीय सरकारका लागि ५ सय बिलियन डलरको फण्डको व्यवस्था प्रस्तावमा रहेको छ ।

केही रिपब्लिकनहरुले भने चुनाव अगाडि कुनै राहत प्याकेज पारित हुने सम्भावना निकै कम रहेको बताएका छन् ।

प्याकेज पारित नभएसम्म हाउस चालु

कोरोनाभाइरस राहत प्याकेजमा सहमति कायम नहुँदासम्म अमेरिकी संसदको प्रतिनिधिसभा चालु रहने स्पीकर न्यान्सी पेलोसीले स्पष्ट पारेकी छिन् । छुट्टीपछि प्रतिनिधिसभाको कारवाही सुचारु भएको छ तर अहिलेसम्म कोरोना सम्बन्धि राहत प्याकेजमा सहमति भने कायम हुन सकेको छैन ।

मंगलबार हाउस डेमोक्रेटिक ककससँगको कन्फ्रेन्स कल बैठकमा पेलोसीले सहमति कायम नहुँदासम्म हाउस छुट्टीमा नजाने बताएकी छिन् । तर उनले सानो राहत प्याकेजमा सहमति नजनाउने समेत स्पष्ट पारेकी छिन् । अक्टोबर २ मा हाउसको कामको तालिका समाप्त भएपछि अधिकांश सांसदहरु भने आफ्ना डिस्ट्रिक्टहरुमा फर्कने सम्भावना रहेको छ ।

अक्टोबर २ पछि सांसदहरु फर्केपनि नेताहरुले भने ह्वाइटहाउससँग सहमतिको प्रयास गरिरहने जनाइएको छ । सहमति कायम भएको खण्डमा सांसदहरु क्यापिटल हिलमा फर्कनेछन् । डेमोक्र्याट्सहरु २ दशमलव २ ट्रिलियनभन्दा तलको बिलमा सहमत नहुने पक्षमा रहेका छन् भने ह्वाइट हाउस १ ट्रिलियनभन्दा अगाडि बढेको छैन ।

गत हप्ता सिनेटमा रिपब्लिकनले ल्याएको ६५० बिलियन डलरको बिल भने डेमोक्र्याट्सहरुले अगाडि बढ्न दिएनन् । आवश्यक ६० भोट प्राप्त गर्न नसक्दा उक्त बिल पारित हुन नसकेको छ । डेमोक्र्याट्सहरुले भने ३ दशमलव ४ ट्रिलियन डलरको बिल हाउसबाट पहिले नै पारित गरिसकेका छन् ।

राहत प्याकेजमा अगस्तको पहिलोसाता देखि नै गाँठो फुक्न सकेको छैन । दोश्रो चरणको १२ सय डलरको चेक पठाउने विषयमा दुबैपक्ष सहमत रहेका छन् । तर काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलर बर्षको अन्त्यसम्म लम्बाउनेमा रिपब्लिकनहरु सहमत छैनन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com