सरकारी कर्मचारीले राजीनामा स्वीकृत भएपछि मात्रै उम्मेदवार बन्न पाउने


प्रकाशित मिति : बैशाख १५, २०७४ शुक्रबार

सरकारी तलब भत्ता खाने कर्मचारी वा कुनै संघसंस्थामा आवद्ध व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिँदा राजीनामा दिनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार कुनै सार्वजनिक वा कुनै संस्थामा आवद्ध व्यक्तिले उम्मेदवार दिँदा त्यसअघि नै निजको आवद्ध संस्था वा कार्यालयबाट राजीनामा स्वीकृत भइसकेको हुनुपर्ने जनाईएको हो ।

स्थानीय तहको निर्वाचनमा निजामति कर्मचारी, संस्थान र शिक्षक लगायत विभिन्न सरकारी पेशामा आवद्धहरुले पनि दलको तर्फबाट उम्मेदवारी घोषणा गरिरहेका छन् । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार उनीहरुले उम्मेदवारी दर्ता गर्नु भन्दा पहिले नै राजीनामा पनि स्वीकृत गराइसक्नुपर्ने जनाईएको छ ।

त्यस्ता कर्मचारीले उम्मेदवारी दर्ता गर्दा राजीनामा स्वीकृत भएको पत्र समेत सँगै पेश गर्नुपर्ने आयोगले बताएको छ ।
प्रवक्ता शर्माले उम्मेदवारी दिएका तर बैशाख १८ गतेसम्म राजीनामा दिएर पनि स्वीकृत नभएका कर्मचारीको उम्मेदवारी दर्ता नहुने बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com