बर्षौं पहिले अमेरिका छाडेका अष्ट्रियनहरुले झुक्किएर पाए अमेरिकाको १२ सय डलरको राहत चेक


प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार

बर्षौं पहिले अमेरिका छाडेका अष्ट्रियनहरुले  अमेरिकाको १२ सय डलरको राहत चेक प्राप्त गरेको खुलासा भएको छ । वासिंटन पोष्टले प्रकाशित गरेको रिपोर्ट अनुशार सयौं अष्ट्रियनहरुले १२ सय डलरको अमेरिकी राहत चेक प्राप्त गरेको र तीमध्ये कैयन अयोग्य रहेको जनाइएको छ ।

यसअगाडि अमेरिका छाडेर गइसकेका विदेशी कामदारहरुले अमेरिकाको राहत चेक प्राप्त गरेको समाचार एनपीआरले प्रकाशित गरेको थियो । उनीहरु विगतमा अमेरिकामा अस्थायी प्रकारको कामदार भिसामा आएको र अहिले अमेरिका छाडेर आफ्नो देश फर्किसकेको जनाइएको छ ।

एउटा ट्याक्स फाइल गर्ने कम्पनीले कम्तीमा १२९ देशमा रहेका आफ्ना ग्राहकहरुले १२ सय डलरको अमेरिकी राहत चेक पाएको जनाएको छ । तर अधिकारीहरुले अयोग्य व्यक्तिले प्राप्त गरेको राहत चेक फिर्ता नगरे उनीहरु अमेरिका आउन अयोग्य हुनसक्ने चेतावनी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रियाका बैंकहरुले पनि आफ्नो देशमा रहेका व्यक्तिका लागि अमेरिकी राहत चेक प्राप्त भएको निश्चित गरेका छन् । बैंकका अनुशार हालै जे भिसामा अमेरिका गएर काम गरेका तर अष्ट्रिया फर्किसकेकाहरुलेपनि उक्त चेक प्राप्त गरेका छन् ।

सुरुमा त उनीहरुले आफ्नो बैंक खातामा कुनै ठगले रकम पठाएका हुन् कि भनेर झुक्किएका थिए । तर पछि उनीहरुले अमेरिकाको राहत चेक आएको पत्ता लगाएका थिए ।

यसअगाडिको समाचारमा अष्ट्रेलियन हुन गएकोमा सच्याइएको छ । – सं

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com