न्युयोर्क सिटीका रेष्टुरेण्टहरुले सेप्टेम्बर ३० पछि २५ प्रतिशत क्षमतामा इन्डोर सेवा चलाउनसक्ने


प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार

ज्याक्सनहाइटमा आउटडोर खानाखाने स्थल बनाएर संचालित रेष्टुरेण्ट । फोटो : खसोखास

न्युयोर्क सिटीका रेष्टुरेण्टहरुले सेप्टेम्बर ३० पछि २५ प्रतिशत क्षमतामा इन्डोर सेवा चलाउनसक्ने भएका छन् । तर त्यसका लागि मापदण्डहरु भने निकै कडा तोकिएको छ । गभर्नर एन्ड्रयु कुमोले सेप्टेम्बर ३० देखि रेष्टुरेण्टहरुले नियमको पालना गरेर इन्डोर सेवा संचालन गर्नसक्ने बताएका छन् ।

रेष्टुरेण्टहरु २५ प्रतिशत क्षमतामा मात्र संचालन गर्न पाइनेछ भने सबै ग्राहकहरुले सिटमा बस्नु अगाडिसम्म मास्क अनिवार्य लगाउनुपर्ने जनाइएको छ । सबैको तापक्रम चेक गरिनेछ भने खाना खान जाने समुहको कम्तीमा एकजनाको सम्पर्क ट्रेस गर्ने सुचनाहरु उपलब्ध गराउनुपर्नेछ ।

मदिराजन्य पदार्थको कारोबार हुनेगरी बार सेवा भने संचालन हुनेछैन । कसैले नियमको उल्लंघन गरेको पाइएमा सर्वसाधारणले अज्ञात रुपमा त्यस्ता रेष्टुरेण्टबिरुद्ध फोन वा मेसेजमार्फत रिपोर्ट गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले न्युयोर्कमा विगत ३३ दिनदेखि कोरोना संक्रमणदर १ प्रतिशतभन्दा कम रहेको छ । गभर्नर कुमोले संक्रमणदरमा मन्दीका लागि नोभेम्बर १ सम्मको डेडलाइन तोकेका छन् । त्यतीबेलासम्म पनि संक्रमणदर कम रहेमा इन्डोर सेवा दोब्बर बनाउन सकिनेछ ।

तर संक्रमणदर २ प्रतिशसम्म पुगेको खण्डमा भने रेष्टुरेण्टमा खाना खाने सेवा तत्कालै खारेज गरिनेछ । यदि संक्रमण बढेको खण्डमा स्थगन लागु गरिने कुमोले स्पष्ट पारेका छन् । कुमोले नियमको पालना नै मुख्य समस्या भएको बताएका छन् ।

रेष्टुरेण्ट व्यवसायीहरुले आफ्नो विजनेश मार्चदेखि यता ७० प्रतिशतले गिरावट आएको बताएका छन् । रेष्टुरेण्टहरुमा लगाइएको प्रतिबन्धबिरुद्ध केही रेष्टुरेण्ट व्यवसायीले गभर्नर कुमोबिरुद्ध मुद्दा समेत दायर गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com