क्यालिफोर्नियामा काम गुमाएकालाई आजदेखि अतिरिक्त ९ सय पठाउन सुरु


प्रकाशित मिति : भाद्र २२, २०७७ सोमबार

क्यालिफोर्निया राज्यले आजदेखि काम गुमाएकाहरुलाई अतिरिक्त ९ सय डलर पठाउन सुरु गरेको छ । लेबर डेको अवशर पारेर क्यालिफोर्नियाले काम गुमाएहरुलाई अगस्त १ को सातादेखि लागु हुनेगरी तीनसाताको ९ सय डलर आजदेखि नै पठाउन सुरु गरेको हो ।

काम गुमाएका कारण बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकम प्राप्त गरिरहेकाहरुले यो अतिरिक्त रकम प्राप्त गर्नेछन् । राष्ट्रपछि डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत साप्ताहिक ३ सयका दरले रकम प्रदान गर्ने व्यवस्था गरेका थिए । त्यसै अन्तरगत क्यालिफोर्नियाले एकमुष्ठ ९ सय पठाउन लागेको हो ।

सघीय कोषबाट क्यालिफोर्नियाबासीहरुले कुल ५ हप्ताका लागि १५ सय डलर पाउने भएका छन् । ९ सय एकमुष्ठ पाइसकेपछि काम गुमाएकाहरुले बाँकी ६ सय आगामी हप्ताहरुमा पाउनेछन् । सोमबार क्यालिफोर्निया लेबर सेक्रेटरी जुली ए सुले संघीय सरकारबाट ५ हप्ताका लागि साप्ताहिक तीनसय डलरको स्वीकृति पाएको जानकारी दिएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडि काम गुमाएकाहरुले संघीय सरकारबाट साप्ताहिक ६ सय पाएका थिए । जसको अवधि जुलाईको अन्तिमसाता समाप्त भइसकेको छ । यो अवधि थप्नेबारे संसदमा सहमति हुन नसकेपछि ट्रम्पले कार्यकारी आदेशमार्फत साप्ताहिक ३ सयको व्यवस्था गरेका थिए ।

९ सय डलर आजैदेखि पठाउन सुरु गरेपनि सबै योग्यहरुले प्राप्त गर्न भने अझै केही दिन लाग्ने जनाइएको छ । आज कम्तीमा ३१ लाख काम गुमाएकाहरुलाई यो रकम पठाइने जनाइएको छ । क्यालिफोर्नियामा अतिरिक्त १२ लाख आवेदकले भने कोरोनाको महामारीका कारण काम गुमाएको पुष्टी गर्न बाँकी रहेको जनाइएको छ ।

उनीहरुलाई सेप्टेम्बर १५ भित्र त्यसको सुचना पठाइने भएको छ । त्यस्तै १ लाख ९२ हजारले भने अतिरिक्त ३ सय डलर नपाउने जनाइएको छ । किनभने उनीहरुले साप्ताहिक १ सय डलरभन्दा कम रकम प्राप्त गरिरहेका छन् । अतिरिक्त ३ सयका लागि योग्य नहुनेहरुले औषतमा साप्ताहिक ६८ डलर पाइरहेको जनाइएको छ ।

क्यालिफोर्नियामा गतसातामात्र ५० लाख काम गुमाएकाहरुलाई बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता रकम प्रदान गरिएको थियो । त्यसमध्ये ३४ लाख नियमित बेरोजगारी विमा रकम पाउनेहरु र १६ लाख महामारी बेरोजगारी सहायता रकम पाउनेहरु रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com