अमेरिकामा कम आम्दानी हुने १ करोड परिवारलाई टी मोबाइलले निशुल्क इन्टरनेट दिने


प्रकाशित मिति : भाद्र २०, २०७७ शनिबार

अमेरिकन मोबाइल नेटवर्क कम्पनी टी मोबाइलले झण्डै १ करोड विद्यार्थीहरुलाई निशुल्क इन्टरनेट सेवा दिने योजना ल्याएको छ । कम्पनीले १० दशमलव ७ बिलियन डलरको योजनाको घोषणा गरेको छ ।

खासगरी विद्यालय पछि इन्टरनेटको माध्यमबाट घरमा सिक्नुपर्ने वा होमवर्क गर्नुपर्ने विद्यार्थीहरुलाई निशुल्क सेवा दिइने भएको छ । कम मूल्यको र निशुल्क स्कुल लन्चका लागि योग्य हुने सबै विद्यार्थीहरु यो सेवाका लागि योग्य हुने जनाइएको छ ।

१० बर्षको कार्यक्रम अन्तरगत लाखौं कम आम्दानी भएका परिवारहरुले निशुल्क वायरलेस हटस्पटहरु र निशुल्क हाइस्पीड डाटा प्राप्त गर्नेछन् । मुलुकभरका स्कुल डिस्ट्रिक्टसँगको सहकार्यमा यो कार्यक्रम लागु गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महामारीभन्दा अगाडि समेत अमेरिकामा झण्डै ९० लाख विद्यार्थीहरुले होमवर्क गर्नका लागि राम्रो इन्टरनेटको सुविधाबाट वञ्चित रहँदै आएका थिए । अमेरिकामा झण्डै साढे ५ करोड विद्यालय उमेरका बालबालिकाहरु रहेका छन् । अहिले कोरोनाको महामारीका कारण झण्डै ५ करोड विद्यार्थीहरुले विद्यालय नगईकनै सिकिरहेका छन् ।

कम आम्दानी भएका परिवारका विद्यार्थीहरु कुनै पनि प्रकारका डिजिटल क्लासरुममा सहभागी हुनबाट वञ्चित भइरहेका छन् । त्यो अवस्था आउन नदिनका लागि टी मोबाइलले यो योजना ल्याएको हो । यो योजनाको घोषणा सन् २०१९ मा नै गरिएपनि अहिले कार्यान्वयनको चरणमा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com